डढेलोले प्रभावित स्थानमा बागलुङका सरोकारवालाको ध्यान

रोहन जि.सी, बागलुङ

सुक्खा खडेरीका कारण बागलुङ जिल्लाको विभिन्न स्थानमा लागेको डढेलोले जनजीवन प्रभावित बनाएको छ । गत ३ महिना भित्र धेरै स्थानमा डढेलो लागिसकेको छ ।

डढेलो नियन्त्रणको प्रयास सफल हुन नसक्दा मानिस त्रसित बन्नुपरेको छ भने अहिले स्थानीयवासी, सुरक्षाकर्मी लगायत डढेलो निभाउन खटिएका छन् । लामो समयसम्म परेको खडेरी र हावाहुरीका कारण डढेलो लाग्ने क्रम बढेको छ ।

बागलुङका विभिन्न सरकारी कार्यालय, संघसंस्था बिच
जिल्ला भित्र हुने डढेलो नियन्त्रण, प्रभावित क्षेत्रमा राहत वितरण, डढेलो रोकथाम, नागरिकसंग सचेतनामूलक कार्यक्रम लगायतको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

जिल्लाको सबैजसो पालिकाको सामुदायिक, निजी तथा सरकारी वनमा डढेलो लागेको छ । स्थानिय पालिका संग समन्वय गरी बागलुङ उद्योग वाणिज्य संघ, नेपाल रेडक्रम सोसाइटी बागलुङको संयोजनमा विभिन्न डढेलो प्रभावित स्थानमा आवश्यकता अनुसारको राहत वितरण तथा भौतिक पुनर्स्थापनाका लागि पहल गरिएको छ ।

मानिसको सानो लापरबाहीले पनि वन जङ्गलमा डढेलो लागेको छ, डढेलो बस्तीमा पुग्न नदिने प्रयासले सास्ती पाएका छौँ ।” डढेलो बस्तीमा पस्न नसकोस् भनेर खट्दा उपभोक्ता, वनका कर्मचारी, सुरक्षा निकाय पनि वनमै बस्नुपर्ने अवस्था सिर्जना भएको जिल्लाका सरोकारवालाहरूको भनाई छ ।

दिनहुँजसो आगो निभाउने र उद्धार गर्ने कार्यमा खट्दै नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीलाई जनशक्ति, आगो निभाउने सामाग्रीको अभाव भएको बागलुङ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनुभयो ।

बारीको अनावश्यक झाडी जलाउँदा, वन्यजन्तुको आक्रमण रोक्न खोज्दा, चुरोट, बिँडी वनमा फ्याँक्दा, आगोको जथाभाबी प्रयोग गर्दा डढेलो बढेको भनाइ सहायक प्रजिअ बरालले जोड दिनुभयो ।

डढेलो लगाउनेमाथि कडा निगरानी तथा कानुनी कारबाहीको तयारी गरिएको उहाँको भनाइ छ ।

यस्तै विद्युत् सर्ट हुँदा र व्यक्तिको घरगोठको आगो बाहिर फैलिँदा पनि डढेलो फैलिएको छ । बागलुङमा आगलागीमा परेर पछिल्लो ३ महिना यता १ जनाको मृत्यु, ३ जना घाइते भएका छन् । १३ भन्दा बढी घर तथा १० गोठ जलेर नष्ट भएको छ ।

२२ वटाभन्दा बढी पशु चौपायाको मृत्यु भएको तथा करिब ९ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक ऋषिराम कंडेलले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *