द्वन्द्वपीडितका सवालमा संवेदनशील छौँ : नगर प्रमुख श्रेष्ठ

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिकाका मेयेर बसन्तकुमार श्रेष्ठले द्वन्द्वपीडितका समस्या सबैका साझा समस्या भएको बताउनु भएको छ ।

द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल बागलुङले आयोजना गरेको परिचयात्मक तथा अभिमुखिकरण कार्यक्रममा बोल्दै उहाँले द्वन्द्वपीडितका सवालमा सबै संवेदनशिल हुन जरुरी रहेको बताउनु भएको हो ।

यस्ता विषयलाई गम्भिरता पूर्वक छलफल र परामर्श गर्न जरुरी रहेको भन्दै उहाँले तत्कालिन द्वन्द्वरत पक्षबाट पीडित बनेकाहरुका विषयमा बागलुङ नगरपालिका सहकार्य गर्न तयार रहेको बताउनु भएको हो ।

सञ्जालले सञ्चालन गर्दै आएको परियोजनाको अवधी आगामी २ वर्षका लागि थप गरिएको सन्दर्भमा सरोकारवालालाई योजना जानकारी गराउने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रमलाई सम्बोध गर्दै बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले द्वन्द्वकालका समस्या समयमै निरुपण नगर्दा द्वन्द्वले भन्दा ठुलो घाउ दिएको भन्दै स्थानीय सरकारले मल्हमको काम गर्नुपर्नेमा जोड दिनु भएको थियो ।

कार्यक्रममा द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल बागलुङका संयोजक पवित्रा खड्काले सञ्जालले पछिल्लो २ वर्षको कार्यकालमा सञ्चालन गरेका कार्यक्रम र आगामी वर्षका लागि तयार गरियो योजनाका बारेमा जानकारी गराउनु भएको थियो ।

उहाँले जिल्ला स्तरिय अभिमुखिकरण कार्यक्रम १ वटा, शान्तिका लागि पहल ३२ वटा र सामाजिक अभिमुखिकरण कार्यक्रम २७ वटा सञ्चालन गरेको बताउनु भयो । त्यसैगरी व्यक्तिगत मनोविमर्श २७ जनालाई, प्रदेश स्तरिय अन्तरक्रिया १ वटा, १० जनालाई स्वास्थ्य एवं आर्थिक सहयोग र १६ जना द्वन्द्वपीडितको कथा संकलन गरेको जानकारी दिनुभयो ।

कार्यक्रम नेपाल पत्रकार महासंघ बागलुङका सह सचिव सिर्जना पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *