चैते दशैंको खर्च ५० लाख


आदर्श अनलाइन, बागलुङ
ऐतिहासिक चैते दशैं मेलामा रु. ५० लाख खर्च भएको मेला आयोजक कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ ।

समितिले एक पत्रकार सम्मेलनको आयोजना मार्फत चैते दशैंको आय व्यय सार्वजनिक गरेको छ ।
एक हप्ता सम्म चलेको चैते दशैं मेलामा रु. ५४ लाख १२ हजार आम्दानी र रु. ५० लाख ४५ हजार खर्च भएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो । खड्काका अनुसार आम्दानी मध्ये रु. १५ लाख ९५ हजार रकम उठ्न बाँकी रहेको छ ।

कालिका मन्दिर गुठी व्यवस्थापन समितिको आयोजनामा चैत ३० गते देखि वैशाख ६ गते सम्म आयोजना गरेको चैते दशैं मेलामा सबैभन्दा बढी खर्च कलाकारहरुलाई गरिएको छ । राष्ट्रिय र स्थानीय कलाकारलाई मात्रै रु. १४ लाख ७६ हजार भुक्तानी दिइएको छ । यस्तै कालिका खुल्ला भलिबल प्रतियोगिताका लागि रु. ११ लाख ९६ हजार रकम खर्च भएको छ ।

यस्तै खुल्ला लोक दोहोरी प्रतियोगिताका लागि रु. ९ लाख १० हजार, छेलो प्रतियोगितामा रु.३० हजार, दौड प्रतियोगितामा १५ हजार, नृत्य प्रतियोगितामा ३९ हजार र सम्मान तथा पुरस्कारमा रु. २५ हजार खर्च भएको छ ।

चैते दशैंमा कालिका भगवती गुठी व्यवस्थापन समितिले रु. २० लाख, रमाइलो मेलाले रु. १२ लाख, प्रायोजकहरुले रु. ४ लाख, स्टलहरुबाट रु. २ लाख ७५ हजार, सहभागी दर्ता एक लाख १५ हजार, प्रभु बैंकबाट रु. ५ लाख, ग्लोबल आई.एम.ई बैंकबाट रु. तीन लाख आम्दानी गरिएको छ । मेलामा उठ्न बाँकी रु. १५ लाख ९५ हजार र भुक्तानी गर्न बाकी रु. १२ लाख ४० हजार रहेको छ । उक्त मेलामा सबै रकम उठेमा रु.३ लाख ६६ हजार बचत हुने कोषाध्यक्ष रमेश खड्काले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *