योग ध्यान र साधनानै जीवन बदल्ने मार्ग हो : चैतन्य स्वामी

आदर्श अनलाइन, बागलुङ

आत्मो चैतन्य स्वामीले योगा ध्यान र निरन्तरको साधनाले जीवन उर्जामय बन्ने बताउनु भएको छ ।

ओशो अमृतम ध्यान केन्द्र बागलुङले आयोजना गरेको ध्यान शिविरमा स्वामी चैतन्यले जीवन बदल्ने एक मात्र मार्ग योग र ध्यान भएको बताउनु भएको हो ।

पछिल्लो समय प्रौढ र बयस्कसँगै युवा र बालबालिकामा समेत एन्जाइटी र डिप्रेशनका कारणले बढ्दै गएका आत्महत्या र दुव्र्यशनका घटनालाई समेत नियमीत गरिने योग र प्रणायमकै कारण रोक्न सकिने भन्दै उहाँले नेपाल योगभुमी भएको बताउनु भएको हो ।

लामो समयदेखि अमेरिकामा बसेर ओशो आश्रम सञ्चालन गर्दै आएका स्वामी चैतन्यले सत्सङ्ग र सत्कर्मले जीवनका जस्तोसुकै नैराश्यतालाई पनि मात दिन सक्ने भन्दै आफुलाई चिन्न सक्नुनै सुखको मार्ग भएको बताउनु भयो ।

ध्यान शिविरमा गण्डकी प्रदेश सदस्य चम्फादेवी खड्का, पूर्व संघीय सांसद मनकुमारी केसी, नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापती जगन्नाथ आचार्य, नेपाल पत्रकार महासंघ बागलुङका सह–सचिव सिर्जना पन्त, महिला हित बचत तथा ऋण सहकारी संस्था बागलुङका अध्यक्ष लिलादेवी खड्का लगाएतले शुभकामना व्यक्त गर्दै ध्यान शिविरको अनुभव व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम ओशो अमृतम ध्यान केन्द्र बागलुङका प्रमुख अमुना शाक्यको सहजिकरणमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *