बागलुङमा ट्राफिक सप्ताहको तेस्रो दिन ग्रामीण सडक लक्षित कार्यक्रम

रोहन जि.सी, बागलुङ

बागलुङमा ट्राफिक सप्ताह अन्तर्गत ग्रामीण क्षेत्रलाई लक्षित गरी छत तथा हुटका यात्रुलाई प्रशिक्षण, आरक्षण सिट अनुगमन, नेपाली सेना प्रशिक्षण कार्यक्रम संचालन तथा स्टिकर टाँस, पर्चा पम्प्लेट बितरण कार्यक्रम बिहिबार सम्पन्न भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी नायव निरिक्षक सुमन न्यूरेले लापरबाही गरी चलाएका सवारीसाधनबाट हुनसक्ने दुर्घटना न्यूनीकरण गर्न समुदायमा सचेतना फैलाउनुपर्छ, त्यसका लागि यो कार्यक्रम प्रभावकारी बन्ने अपेक्षा लिएको बताउनुभयो ।

सप्ताह अन्तर्गत ग्रामीण क्षेत्रलक्षित कार्यक्रममा सप्ताहको तेस्रो दिन अन्र्तगत बिहिबार छत तथा हुटका यात्रुलाई प्रशिक्षण, आरक्षण सिट अनुगमन, नेपाली सेना प्रशिक्षण कार्यक्रम संचालन तथा स्टिकर टाँस, पर्चा पम्प्लेट बितरण कार्यक्रमको आयोजना गरिएको थियो ।

तेस्रो दिन बागलुङका विभिन्न प्रहरी बिट, चेकपोष्ट, भिडभाड हुने सार्वजनिक स्थानमा ग्रामीण सडक लक्षित कार्यक्रम अन्तर्गत बढी भाडा अनुगमन, मास्क वितरण र सिट क्षमताभन्दा बढी यात्रु अनुगमन गरिएको छ ।

त्यस्तै नेपाल आर्मीका सैनिकहरुलाई ट्राफिक सचेतनामुलक प्रशिक्षणमा सहजीकरण गर्दै ट्राफिक प्रमुख न्यूरेले सडकमा हुने दुर्घटनामा न्यूनीकरण, दुर्घटनाका कारण र रोकथामको विधि तथा सो कार्यमा सेनाको जिम्मेवारी बारे प्रशिक्षण दिनुभएको छ ।

ट्राफिक सप्ताहको चौथो दिन तथा बैशाख २८ गते चालक परिचालकलाई प्रशिक्षण गरि सडकमै सवारी चालकलाई परिचालकलाइ पोशाक प्रयोग जुत्ता लगाएको नलगाएको ओभरटेक सम्बन्धि प्रशिक्षण दिने कार्यक्रम तय गरेको छ ।

ट्राफिक सप्ताहको पाँचौं दिन तथा बैशाख २९ गते ट्राफिक सप्ताहको ब्यानर सहित सर्वसाधारण बढी आवातजावत हुने स्थानमा सडक प्रयोग कर्ता र बिद्यालयमा बिद्यार्थी लाई प्रशिक्षण त्यस्तै छैठौं दिन तथा बैशाख ३० गते स्वास्थ्य संस्था संग समन्वय गरि चालक सहचालकलाई स्वास्थ्य जाँच, ब्लड प्रेशर, आँखा जाँच गर्ने, पर्चा पम्प्लेट वितरण गर्ने र सप्ताहको अन्तिम दिन तथा बैशाख ३१ गते पत्रकारहरू संग ७ दिने कार्यक्रमको समिक्षा गर्ने दुर्घटनाबाट ज्यान गुमाएका ब्यक्तिहरूको स्मरणमा बागलुङको मुख्य चोकमा दीप प्रज्वलन गरि ट्राफिक सप्ताह सम्पन्न गर्ने कार्यक्रम तय भएको ट्राफिक प्रहरी प्रमुख निउरेले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *