एमाले बागलुङ नगर कमिटीको अधिवेशन जेठ १८ र १९ गते

आदर्श अनलाइन, बागलुङ

नेकपा एमाले बागलुङ नगर कमिटिको अधिवेशन जेठ १८ र १९ गते बागलुङ बजारमा हुने भएको छ । नगर कमिटिका उपाध्यक्ष खिम सापकोटाको अध्यक्षतामा बसेको सचिवालयको वैठकले अधिवेशनको मिति तोक्दै सम्पन्न गर्न उपसमिति गठन गठन गरेको हो ।

अधिवेशन सम्पन्न गर्नका लागि नगर कमिटि अध्यक्ष धनबहादुर परियारको संयोजकत्वमा प्रतिवेदन लेखन उपसमिति, जन परिचालन तथा प्रचार तर्फ उपाध्यक्ष खिम सापकोटाको संयोजनमा, सचिव रामकृष्ण शर्माको संयोजनमा आर्थिक व्यवस्थापन, धुव्र श्रेष्ठको संयोजनमा प्रतिनिधि व्यवस्थापन उपसमिति गठन गरेको सचिव रामकृष्ण शर्माले जानकारी दिनुभयो ।

बागलुङ नगरको दोस्रो अधिवेशनमा १४ वटा वडाबाट ३ सय १० जना प्रतिनिधि सहभागी हुने छन् । ५१ जना दलित, ६ जना अल्पसंख्यक र १ सय ६४ जना खुल्ला तर्फबाट प्रतिनिधि छनौट भएर आउने सचिव शर्माको भनाई छ ।

अधिवेशनमा जनवर्गिय संगठन अखिल नेपाल महिला संघबाट ३ जना, युवा संघबाट ३ जना, मुक्ति समाजबाट ३ जना भुपु सैनिकबाट ३ जना र रिटर्नी फेडेरेशनबाट ३ जना प्रतिनिधि छनौट हुने छन् । नगरका १४ वडा र जनवर्गिय संगठनमा जेठ १५ गते एकासाथ प्रतिनिधी छनौट गरिने छ ।

अधिवेशनलाई केन्द्रीत गरी अधिवेशन पूर्व नगरका सम्पूर्ण वडाहरुको भेला सम्पन्न गर्ने गरी तालिका निर्धारण गरेको शर्माको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *