ऋण असुलीमा सरकारले विशेष ध्यान दिनुपर्नेमा बागलुङका सहकारीकर्मीहरुको जोड

आदर्श अनलाइन, बागलुङ

जिल्ला सहकारी संघ लिमिटेड बागलुङको आयोजनामा बागलुङका सहकारीको अवस्था तथा समसामायिक विषयमा अन्तरक्रिया कार्यक्रम बिहिबार सम्पन्न भएको छ।

जिल्ला सहकारी संघ बागलुङको १७ औं स्थापना दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा जिल्लाका सहकारीको समग्र अवस्था बारेमा छलफल गरिएको छ ।

कार्यक्रममा सहभागी सहकारीकर्मीहरूले सहकारी क्षेत्रमा देखिएको समस्या समाधानको महत्वपूर्ण उपायका रुपमा रहेको ऋण असुली प्रक्रियालाई राज्य र सरोकारवालाहरूले विशेष सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । कर्जा सूचना केन्द्र स्थापना, कर्जा असुली न्यायाधीकरण सञ्चालनमा ल्याउन सहभागीहरुले जोड दिएका हुन् ।

सहकारीको समस्या समाधानका लागि तत्काल कर्जा सूचना केन्द्र स्थापना गर्नुपर्ने, सहकारी समस्यामा पर्ने भनेको ऋण नउठेका कारण हो, त्यसैले सरकारले ऋण असुलीका लागि कानुनी प्रक्रियालाई अगाडि बढाउनु पर्नेमा सहभागीहरुको जोड छ ।
बागलुङ जिल्लाभर ४४९ वटा सहकारी मध्ये कतिपय नियमित सञ्चालनमा नहुँदा उक्त सहकारीलाई स्थानिय सरकार, प्रदेश सरकारले सहजीकरण गर्नुपर्ने सहकारीका उहाँहरूको भनाई रहेको थियो ।

कार्यक्रममा जिल्ला सहकारी संघ बागलुङका संस्थापक अध्यक्ष कृष्णशंकर श्रेष्ठ, सल्लाहकारहरु चण्डीप्रसाद शर्मा र तेजेन्द्र बहादुर थापा, जिल्ला कृषि सहकारी संघका अध्यक्ष नर बहादुर थापा, संघका संस्थापक सञ्चालक शिव सापकोटा लगायतले सहकारीको माध्यमबाट देशको आर्थिक विकास गर्न सकिने, सहकारीले शेयर सदस्यहरुलाई मध्यनजर गर्दै योजना निर्माण गर्न आवश्यक रहेको, आम नागरिकले बचत गरेको रकमको सुरक्षा दिने काम सहकारीको जिम्मेवारी भएकाले सोही अनुसारको काममा प्रतिबद्ध रहनेमा जोड दिनु भएको थियो ।

सहकारी संस्थाको गति लाई प्रभावकारी बनाउन, सहकारीलाई सुदृढ गराउन र जिल्ला स्तरीय सहकारीलाई प्रदेश स्तरीय सहकारी सँग जोड्नको लागि थप पहल गर्न जिल्ला सहकारी संघ बागलुङले आव्हान गरेको छ ।

जिल्ला सहकारी संघ लिमिटेड बागलुङका अध्यक्ष हुमा कुमारी जि.सी (अञ्जु) ले सहकारीका संचालक समितिले व्यवस्थापकहरुलाई कुनै पनि दवाव नदिई काम गर्न दिए मात्रै सहकारी संख्या जनतामुखी हुने बताउनुभयो । राष्ट्रिय सहकारी महासंघको सञ्चालक समेत रहनुभएकी जि.सीले सहकारी संस्थाहरुलाई चलायमान बनाउनका लागि सरोकारवाला निकायसंग समन्वय गरी सिप विकास तथा व्यवस्थापन सम्बन्धि तालिमहरुको आवश्यक रहेकोमा जोड दिनुभयो।

कार्यक्रम जिल्ला संहकारी संघ लिमिटेड बागलुङका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) को अध्यक्षता, सञ्चालक युक्तजंग राजभण्डारीको स्वागत तथा सचिव तेजप्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *