बब्लुको नयाँ गीत ‘पर्खेको पर्खै छु’ लाई ६ दिनमै १० लाख भ्यूज

आदर्श अनलाइन,काठमाण्डौं

नयाँ पुस्तामा लोकप्रिय देबेन्द्र बब्लुको नयाँ गीतलाई पनि श्रोता दर्शकले रुचाएका छन् । बब्लुको यसै साता सार्वजनिक गीत ‘पर्खेको पर्खैछु ’ म्युजिक भिडियो सार्वजनिक भएको ६ दिनमै १० लाख बढी पटक हेरिएको छ ।

गायक तथा कलाकार देबेन्द्र बब्लुको शव्द, संगीत र स्वरमा तयार गीतको म्युजिक भिडियोमा बब्लुका साथै रोशनी कार्की र दिप सागरको अभिनय छ । बिशाल भण्डारीले निर्देशन गरेको म्युजिक भिडियो नवीन घर्तीले सम्पादन मिश्रण गरेका छन् ।

गीतमा प्रेम सम्बन्ध जटिलता तर्फ उन्मुख भए पछिको पीडा, प्रतिक्षाको भावना प्रतिबिम्बित छ । गायक सँगै कुशल निर्देशकको छवि समेत बनाएका बब्लुको यसअघि पनि भेटै हुन्न कि, मुसुक्क हाँस न, एक्लै जान सक्छ्यौ र रु लगायतका गीत चर्चित छ ।

हेर्नुहाेस् भिडियाे

यो पनि पढ्नुहोस्

बब्लुको नयाँ गीत ‘पर्खेको पर्खै छु’ लाई ६ दिनमै १० लाख भ्यूज

  1. Your style is so unique in comparison to other folks I have read stuff from. I appreciate you for posting when you’ve got the opportunity, Guess I’ll just book mark this page.

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *