दिलिप श्रीसको ‘आँखै तिम्रो नशालु’लाई मिलियन भ्यूज

आदर्श अनलाइन, काठमाडौं

गायक दिलिप कुमार श्रीसको पछिल्लो गीत ‘आँखै तिम्रो नशालु’ ले मिलियन भ्यूज प्राप्त गरेको छ ।भ्वाइस अफ नेपालबाट चर्चा कमाएका तारा श्रीसले स्वरमा साथ दिएको उक्त गीतको म्युजिक भिडियो ८ महिना अघि दिलिप श्रीस युट्युव च्यानलमा सार्वजनिक भएको थियो ।

बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेमा जन्मिएर अमेरिकालाई कर्मक्षेत्र बनाइरहेका दिलिपले स्वदेश फिरेका बेला छायांकन गरिएको म्युजिक भिडियोलाई हाल सम्म १० लाख ४३ हजार बढी पटक हेरिएको छ । मौसम हिमालीले निर्देशन गरेको म्युजिक भिडियोमा बिजय पुन, चाहना मगर, दिलिप श्रीस र रञ्जना सारुको नाच र अभिनय छ ।

गीत र म्युजिक भिडियोमा तरुण तन्नेरीको भेट, प्रेम र रंगरसको कथा र नाच रहेको गायक तथा सर्जक दिलिप श्रीस बताउँछन् । ‘घर गाउँमा रहँदाको मौलिक भाका र नाचको अनुभव, अनुभूतिलाई गीतमा उतारेको थिए, नेपाल आएको बखत गीतको भिडियो तयार गरेर सार्वजनिक गरेका थियौ,’ श्रीसले भने, ‘टिकटक बन्द पछि नेपाली सांगीतिक बजार सुस्ताएका बेला हाम्रो गीत र भिडियोलाई जति माया र साथ मिल्यो, हामी अत्यन्त खुशी र उत्साहित छौ । यसका लागि सबै प्रिय श्रोता, दर्शकलाई आभार प्रकट गर्दछौ ।’

मौसम हिमालीले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा गायक दिलिप श्रीस सहित धुव्र हिमाली, लोकप्रिय मोडेल रोशनी कार्की, रञ्जना सारुको अभिनय छ । दिलिपले यसअघि पनि पियारी, जुहारी लगायत थुप्रै गीत रेकर्ड गरेर सार्वजनिक गरिसकेका छन् ।

भिडियाे

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *