बागलुङमा सर्वाधिक राशिको मा.वि स्तरीय हाजिरीजवाफ प्रतियोगिता हुने

रोहन जि.सी, बागलुङ

बागलुङमा साविक धौलागिरी अञ्चल भित्रका विद्यालय स्तरीय माध्यमिक तहको हाजिरीजवाफ प्रतियोगिता हुने भएको छ ।

चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलको आयोजनामा हुन गईरहेको मा.वि स्तरीय हाजिरीजवाफ प्रतियोगितामा विज्ञान र व्यवस्थापन दुवै संकाय अन्तर्गत कक्षा १२ सम्म अध्ययनरत विद्यार्थी सहभागि हुने पाउने छन् ।

आगामी चैत्र १७ गते चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलको प्राङ्गणमा हुने मा.वि स्तरीय हाजिरीजवाफ प्रतियोगिता हालसम्मकै सर्वाधिक राशिको रहेको छ ।

राष्ट्रिय परिक्षा बोर्डको कक्षा १२ को परिक्षा नजिकिए संगै विद्यार्थीलाई तयारीमा केही सहज पुर्याउनका लागि सम्बन्धित तहको पाठ्यपुस्तकमा आधारित हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरिएको चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलका शिक्षक तथा मा.वि तहका अतिरिक्त क्रियाकलाप संयोजक शिव के.सीले बताउनुभयो ।

प्रतियोगितामा प्रथमलाई पुरस्कार नगद रू. २५,०००, ट्रफी र प्रमाण पत्र, द्वितीय पुरस्कार नगद रु. १८,०००, ट्रफी र प्रमाण पत्र र तृतिय पुरस्कार नगद रू. १२०००, ट्रफी र प्रमाण पत्र प्रदान गरिने चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलका शिक्षक सौगात खड्काले जानकारी दिनुभयो ।

हाजिरीजवाफ प्रतियोगितामा विज्ञान र व्यवस्थापन तर्फ सम्बन्धित तहको पाठ्यपुस्तकमा आधारित गरी विभिन्न विधाका प्रश्नहरूको समावेश गरिने चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलका शिक्षक तथा मा.वि तहका संयोजक दिपेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *