मौलिक सम्पदाको संरक्षणसँगै दमेकमा पर्यटन पार्क

डम्मर बुढा मगर, बागलुङ
पछिल्लो समय गाउँ–गाउँमा मोटरबाटो पुग्न थाले । बिना इन्जिनियरिङ निर्माण भएका सडकले एक तर्फ पर्यावणमा असर पु¥याउनका साथै बाढी र पहिरोको जोखिम पनि उत्तिकै बढाएको छ भने अर्को तर्फ पानीका मुहान सुक्दै गएका छन् । पानीका मुहान सुक्न थालेपछि जिल्लाको धेरै बस्तीमा खानेपानी आपूर्तिमा समस्या आउनसमेत थालेको छ । एक दशक अगाडिसम्म पानीले भरिभराउ हुन पोखरी अहिले सुख्खा भएका छन् । घर–घरमा धारा नहुँदा स्थानीयले पोखरीमै पशुचौपायालाई पानी खुवाउने र सिंचाइका लागि पोखरीकै पानी प्रयोग गर्ने गर्थे ।

अहिले ति पोखरीहरु सुख्खा हुन थालेका छन् । मौलिक परम्परासँग जोडिएका यस्ता सम्पादा संरक्षणमा कसैको ध्यान पुग्न सकेको छैन । तर बागलुङको जैमिनी नगरपालिकाले भने यसको संरक्षणमा चासो देखाएको छ । नगरपालकाले चालु आर्थिक वर्षमा ठूला पोखरीको संरक्षणसँगै पर्यटकन प्रवद्र्धन गर्न थालेको छ । नगरपालकाले वडा नम्बर ३ दमेक स्थित खालपोखरीको संरक्षण गर्नुका साथै त्यस वरपरको क्षेत्रमा पर्यटन पार्क निर्माण गर्न थालेको छ । नगरपालिकाले मौलिक सम्पदासँगै जोडेर पर्यटन प्रवद्र्धन गर्ने गरि काम सुरु गरेको हो ।

आर्थिक वर्ष २०७९÷०८० मा गण्डकी प्रदेशले विनियोजन गरेको १० लाख रुपैयाँले खालपोखरीलाई थप व्यवस्थित गर्ने र यस वरपर्य पर्यटन पार्क, पिकनिक स्पट लगायतका संरचना निर्माण गर्ने जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताउनुभयो । शर्माले यस क्षेत्र पर्यटकीय हिसाबले अत्यन्तै संभावना बोकेको हुँदा यसको प्रवद्र्धनमा प्रदेश सरकार र नगरपालिका जुटेको बताउनुभयो । सडकको सहज पहुँच र चर्चित पर्यटकीय स्थल गाजाको दह नजिक पर्ने हुँदा खालपोखरी क्षेत्रको विकास गर्न थालेको उपप्रमुख शर्माको भनाइ छ ।

“जैमिनी नगरपालिका भित्र थुप्रै धार्मिक तथा पर्यटकीय क्षेत्रहरु छन्, धेरै जसो गन्तव्य स्थलहरुमा नगरपालिकाको लगानीमा पूर्वाधार निर्माण भइसकेका छन्, अहिले नयाँ गन्तव्य निर्माण गर्दै छौँ, पहिले यो पाखरीबाट पानी संकलन गरेर सिंचाइ गर्ने गरिन्थ्यो, वस्तुभाउलाई पानी खुवाइन्थ्यो, अहिले सुक्दै गएको छ,” उपप्रमुख शर्माले भन्नुभयो – “अब योसँगै अन्य पोखरीको पनि संरक्षण गर्छौँ, अहिले यहाँ पर्यटन पूर्वाधार निर्माण सुरु गरेका छौँ, यसको प्रचारप्रसारलाई पनि तीव्र बनाउने र पर्यटक भित्राउने वातावरण तयार गर्छौँ, यो पनि एउटा महत्वपूर्ण गन्तव्य बन्ने आशा छ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *