पत्रकार र न्यायालयको भूमिका पारदर्शी हुनुपर्छ : न्यायाधीश राउत

आदर्श अनलाइन, बागलुङ

सर्वोच्च अदालतका न्यायधिस प्रकाशमान सिंह राउतले न्यायालयको भूमिकालाई पत्रकारले उजागर गर्नुभपर्ने बताउनुभयो । आज बागलुङ स्थित उच्च अदालत पोखरा बागलुङ इजालशमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा पत्रकार र न्यायलयको भूमिका पारदर्शी हुनुपर्ने बताउनुभयो ।

न्यायपालिकामा हुन सक्ने बिकृति बिसंगती अनियमितता तथा बिचौलियाबाट हुने प्रभाव कम गर्न सुझाव संकलनका लागि भठन भएको कार्यदलका लागि सुझाव संकलनका लागि बागलुङ आउनुभएका समितिका संयोजक न्यायधिस प्रकाशमान सिंह राउतले

उहाँले न्यायलय पैसामा विकेको, दलालको प्रवेश भएको न्याय महङ्गो भएको जस्ता गुनासो सम्बोधन गर्न कार्यदल गठन भएको र यसले तयार पारेको प्रतिवेदन लागुपरेपछि न्यालयको विश्वास बढेर जाने बताउनुभयो । उहाँले धौलागिरीका चार जिल्लाका न्यायधिस, कर्मचारी र पत्रकारसंग भेटेर सुझाव संकलन गर्नुभएको छ ।

‘न्यालयको विस्वास कम हुँदै गएको पाइएको छ, प्रत्रकारले पनि न्यायलयलाई सहयोग पुग्नेगरी ’ न्यायधिस राउतले भन्नुभयो ‘पत्रकार र न्यायलय संगसंगै हिड्नु पर्दछ, जनतालाई सही सूचना दिनुपर्दछ ।’

कार्यक्रममा पत्रकार प्रकाश वराल, संगम घर्ती, कोपीला कंडेल, सुवास गौतम र तारानाथ आचार्यले जिल्लामा न्यायको अवस्था र सुधारका लागि चाल्नुपर्ने कदमका विषयमा जानकारी गराएका थिए । उहाँले न्यायलयले दिने निःशुल्क कानूनी सहायता लगायतका विषयमा पत्रकारले जनतामाझ जानकारी गराउन आग्रह गर्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *