श्रीमानकाे हत्या गरेको आरोपमा श्रीमती पक्राउ

आदर्श अनलाइन, नवलपुर
श्रीमानको हत्या गरेको आरोपमा नवलपरासी पूर्वबाट एक महिला पक्राउ परेकी छन् । बुलिङटार गाउँपालिका–५ राईकोट बस्ने ६५ वर्षीय चमन सिंह भिरकट्टाको हत्या गरेको आरोपमा उनकी पत्नी ६५ वर्षीया श्याम कुमारी भिरकट्टालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।

घरायसी बिवाद हुँदा श्यामकुमारीले श्रीमानलाई बन्चरो प्रहार गर्दा गम्भीर घाइते भएका चमन सिंहको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको थियो । घटनाबारे ईलाका प्रहरी कार्यालय रुद्रपुरले अनुसन्धान गरिरहेको जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *