बागलुङका गायक खड्कालाई राष्ट्रिय साँस्कृतिक उत्कृष्ट शब्दको अवार्ड


आदर्श अनलाइन, बागलुङ

बागलुङका लोक गायक तथा सर्जक हेमन्त खड्काले राष्ट्रिय साँस्कृतिक अवार्डमा उत्कृष्ट शब्दको उपाधि प्राप्त गर्नुभएको छ ।

उहाँले भुरुरू उडेको मैन बोलको गीतबाट उक्त उपाधि हातपार्न सफल हुनुभएको छ । खड्काले राष्ट्रिय साँस्कृतिक उत्कृष्ट शब्दको अवार्ड प्राप्त गरे पश्चात आफूलाई ऊर्जा थपिएको बताउनुभयो ।

आईतबार एक समारोहका बीच चलचित्र विकास बोर्डमा सम्पन्न राष्ट्रिय साँस्कृतिक अवार्ड प्रदान समारोहमा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले खड्कालाई अवार्ड प्रदान गर्नुभएको हो ।

त्यस अवसरमा कलाकारिता क्षेत्रमा एक दशक भन्दा लामो समयसम्म योगदान पु¥याउनु भएका अग्रज कलाकार खडक गर्बुजा, विष्णु खत्री, कस्तुप पन्त, इन्द्र जिसी लगायतलाई सम्मान गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *