धौलागिरि बहुमुखी क्याम्पस बागलुङको बार्षिकोत्सवको छैटो दिनको कार्यक्रम सम्पन्न

आदर्श अनलाइन, बागलुङ

धौलागिरि बहुमुखी क्याम्पस बागलुङको ६१ औ बार्षिकोत्सवको छैटो दिन सोमवार बिभिन्न खेलकुदका कार्यक्रम भएका छन् ।

बिभिन्न कार्यक्रमका साथ साताव्यापी रुपमा संचालित बार्षिकोत्सवको छैटो दिन फुटवलको सेमिफाइनल, मालढुङ्गादेखि क्याम्पससम्मको लामो दौड, छात्रछात्रा लङ्जम्प, कर्मचारी प्रध्यापकको घैटोफोर, छात्रछात्र लठो तान्ने लगाएतका प्रतियोगिता सम्पन्न भएका हुन् ।

फुटवलको पहिलो सेमिफाइनलमा बिविएस तेस्रो बर्षको टिकाजित पुनको समुहले बिविएस प्रथम बर्षको समुहलाई पराजित गरि फाइनलमा प्रवेश गरेको छ भने दोस्रो सेमिफाइनल खेलमा गौरव थापाको समुहलाई पराजित गर्दै बिविए रोहन जिसीको समुह फाइनलमा प्रवेश गरेको स्ववियु सदस्य सुनिल गौतमले जानकारी दिनुभयो ।

फाइनल खेल मंगलवार हुने उहाँले बताउनुभयो । त्यसैगरि मालढुङ्गादेखि क्याम्पससम्मको लामो दौडमा बिएस्सी दोस्रो बर्षका अमृत घर्ती प्रथम, विविएस दोस्रो बर्षका रञ्जित घर्ती द्धितीय, बिवीएस प्रथम बर्षका ओमन तथा तृतीय र बिविएस दोस्रो बर्षका भिजन सिँजाली चौथो हुनु भएको छ ।

लङ्जम्प छात्रतर्फ ओमन थापा प्रथम, सागर बिक द्धितीय र उदय रेग्मी तृतीय हुनु भएको थियो भने छात्रा तर्फ समिक्षा खड्का प्रथम, साजना छन्त्याल द्धितीय र करुण पुन तृतीय हुनु भएको छ । कर्मचारी प्रध्यापकको घैटोफोरमा कर्मचारी आनन्द पाठक उत्कृष्ट हुनु भएको छ ।

यस्तै छात्र लठो तान्नेमा बिविएस प्रथम बर्ष बिजेता र बिविएस चौथो बर्ष उपविजेता एवँ छात्रा तर्फ बिविएस चौथो बर्ष बिजेता र दोस्रो बर्ष उपविजेता बनेको स्ववियु सदस्य गौतमले जानकारी दिनुभयो । बार्षिकोत्सवको अन्तिम दिन मंगलवार फुटवलको फाइनल सहित मुलसमारोह, पुरस्कार बितरण लगाएतका कार्यक्रम रहेको सहायक क्याम्पस प्रमुख हरिप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *