१५ वैशाखमा थ्रि जिरो क्लबको सम्मेलन

आदर्श अनलाइन, बागलुङ
बागलुङमा थ्रि जिरो क्लबहरुको प्रथम सम्मेलन हुने भएको छ । चारतारे युवा क्लब, सिवाईसी नेपाल र सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वैशाख १५ गते बागलुङ बजारमा थ्री जिरो प्रथम सम्मेलन गर्न लागेको हो ।

बिहीबार पत्रकार सम्मेलन गरि सम्मेलनको बारेमा आयोजकले जानकारी दिएको छ । शून्य गरिबी, शून्य बेरोजगारी र शून्य कार्वन उत्सर्जनको लक्ष्य प्राप्ती गर्न युवा पुस्तालाई नेतृत्वदायी भूमिका प्रदान गर्ने उद्देश्यले बागलुङमा गठित थ्रि जिरो क्लवहरुको प्रथम सम्मेलन हुने लागेको सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले जानकारी दिनुभयो ।

थ्रि जिरो क्लबको अवधारण नोबल शान्ति पुरस्कार विजेता प्रोफेसर डा. मोहम्मद युनुसले ल्याउनु भएको हो । सोही परिकल्पना अनुसार विश्वभरका ५४ वटा देशमा यस्ता प्रकारका क्लवहरु गठन भई परिचालीत रहेका छन् । नेपालमा पनि केही गैरसरकारी, सहकारी र लघुवित्त संस्थाहरुले युनुसको परिकल्पनालाई पछ्याउदै यो कार्य अगाडि बढाईरहेको छन् ।

थ्री जिरो क्लवको विश्वव्यापी सञ्जाल निर्माण गर्ने, थ्री जीरोको महत्व, आवश्यकता एवं लक्ष्यबारे जानकारी गराई त्यसमा युवाहरुको रचनात्मक र नेतृत्वदायी भूमिकाको अवसर सिर्जना गर्ने, विश्वका जल्दाबल्दा समस्याहरुको समाधानमा स्थानीय स्तरबाटै पहलकदमी गर्ने जस्ता कार्यहरु गर्नका लागि स्वतस्फुर्त रुपमा यस्ता क्लवहरु गठन गर्ने गरिएको छ ।

सम्मेलनमा ५६ क्लवका सम्पूर्ण संयोजक, सहसंयोजक, सदस्य, विद्यालयका प्रध्यानध्यापक, गरि २८०, फोकल शिक्षक, केही सिर्जनशिल युवाहरु, जनप्रतिनीधि लगाएत गरि करि ४ सय जनाको उपस्थितीमा थ्रि जिरो क्लवको प्रथम जिल्ला सम्मेलन गर्न लागिएको अध्यक्ष पौडेलको भनाइ छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष पौडेलले वातावरणमैत्री स्वावलम्वन नमुना गाउँ विकास कार्यक्रमको अवधारण, यसको आवश्यकत, महत्व, सुचक र सञ्चालन हुने क्रियाकलाप तथा थ्रि जिरो क्लवको अवधारण, थ्रि जिरो क्लव किन रु नेपाली युवाका वर्तमान समस्या, चुनौती र अवसरथ्रि जिरो क्लवले गर्ने क्रियाकलाप, स्थानीय तहसँगको सम्बन्ध लगाएतका विषयमा जानकारी गराउनु भएको थियो ।

गरिबी बेरोजगारी र कार्वनरहीत समाजको सृजना गर्ने उदेश्यले चारतारे युवा क्लब नेपाल र सिवाईसी बचत तथा ऋण सहकारी सस्थाले बागलुङले जिल्लाका बिभिन्न विद्यालय तथा क्याम्पसमा थ्री जिरो क्लब गठन गरिरहेको छ । पत्रकार सम्मेलनमा सस्थाले वातावरण मैत्री नमुना गाउँ बनाउनका लागि ९ वटा गाउँको आधारभूत सर्वैक्षण गरिरहेको समेत जानकारी गराइएकोे थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *