राज्यका सेवा सुविधामा सबैको पहुँच नहुँदासम्म न्याय हुँदैन : सुवेदी

आदर्श अनलाइन, बागलुङ
बागलुङमा पहुँचयुत्त भौतिक पूर्वाधार विकास अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

अपाङ्गता स्वावलम्बन विकास संघ (डिडा), आईएनएफ नेपाल हरियो खर्क अस्पताल, अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) र अपाङ्गता सरोकार संघ लगाएतका संघ संस्थाको आयोजनामा बिहीबार बागलुङमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीले राज्यका सबै सेवा सुबिधामा सबैको समान पहुँच भएमात्र न्याय हुने बताउनु भएको छ ।

सहानुभूतिको मार्गबाट माथि उठ्दै समानुभूतिको चरणमा प्रवेश नगरेसम्म दिगो विकासको लक्ष्य प्राप्त गर्न नसकिने भन्दै सुवेदीले समुन्नत समाज निर्माणका लागि राज्यका सबै निकाय संवेदनशील बन्नुपर्नेमा जोड दिनु भएको हो ।

कार्यक्रममा गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले स्थानीय तहमा हुने ठुला भौतिक संरचना निर्माणका योजना र कार्यक्रमलाई सबैका निम्ति पहुँचयुत्त बनाउनका लागि प्रदेश र केन्द्र सरकारलाई सचेत बनाउनु पर्ने बताउनु भएको छ ।

जैमिनी नगरपालिकाका नगर प्रमुख नरबहादुर पुनले अपाङ्गता भएका व्यक्तिलाई समावेश नगरी निर्माण गरिने नीति, योजना र कार्यक्रमका कारण पहुँचयुत्त भौतिक पूर्वाधार मात्र नभएर अन्य विकास पनि पहुँचयुत्त हुन नसकेको भन्दै आगामी दिनमा नगरका हरेक योजना र कार्यक्रम निर्माणमा अपाङ्गता भएकालाई समावेश गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमका सहभागिले बन्दै गरेका र अब बन्ने हरेक संरचना पहुँचयुत्त बन्नुपर्नेमा जोड दिएका थिए । सो अवसरमा जिल्ला समन्वय समिति बागलुङका उप–प्रमुख होमनाथ सापकोटा, सहायक प्रमुख जिल्ला अधिकारी चित्रांङ्गत बराल, अनौपचारिक सेवा केन्द्र इन्सेकका गण्डकी प्रदेश प्रमुख शिव खकुरेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको सहजिकरण राष्ट्रिय अपाङ्ग महासघं गण्डकी प्रदेश अध्यक्ष खोमराज शर्मा सुवेदी र हरियो खर्क अस्पतालका तारा हाङ तावाले गर्नुभएको थियो ।

कार्यक्रममा गलकोट नगरपालिकाका इन्जिनियर बलविक्रम दाहाल, शारिरीक अपाङ्ग संघ बागलुङका अध्यक्ष होमनाथ शर्मा, नेत्रहिन संघ बागलुङका सचिव बिकल थापा लगायतले धारणा व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम अपाङ्गता स्वावलम्बन विकास संघ (डिडा)का अध्यक्ष दिपक तिमिल्सेनाको अध्यक्षता, राष्ट्रिय अपाङ्ग महासघं गण्डकी प्रदेशका सहसचिव टिकाराम सापकोटाको स्वागत मन्तव्य र सचिव गिरीधारी पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *