लागु औषधसहित तनहुँका एक किशोर पक्राउ

आदर्श अनलाइन, नवलपुर
जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) ले लागु औषध सहित एक किशोरलाई पक्राउ गरेको छ।कावासोती नगरपालिका वडा नं -१६ चालिसकिलोबाट लागु औषध नुर्फिन ४५ एम्पुल, डाईजेपाम ४५ एम्पुल र फेनारगन ४५ एम्पुल गरी जम्मा १३५ एम्पुल लागु औषधसहित तनहुँ जिल्ला ब्यास नगरपालिका -९ निवासी १८ वर्षीय एक किशोर पक्राउ परेका हुन्।

प्रहरीका अनुसार शुक्रबार बिहान ना ६ ख ४२१५ नम्बरको बसलाई जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)बाट खटिएको प्रहरीले चेक जाँच गर्नेक्रममा बसमा सवार ती किशोरको साथबाट प्रहरीले उक्त परिमाणको लागूऔषध वरामद गरेको हो।

पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *