महिला हित सहकारीको सम्पत्ति १३ करोड

आदर्श अनलाइन, बागलुङ
बागलुङ बजारमा सञ्चालित महिला हित बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कुल सम्पत्ती १३ करोड भन्दा बढी पुगेको छ । संस्थाको असोज ५ गते सम्पन्न २१ औं वार्षिक साधारणसभाका अवसरमा प्रस्तुत प्रतिवेदनमा संस्थाको कुल सम्पत्ती १३ करोड ४२ लाख ६३ हजार ३ सय ६७ रुपैया रहेको जानकारी गराइएको हो ।

संस्थामा २ करोड ७४ लाख शेयर पूँजि, १ करोड कोष, ९ करोड ८८ लाख निक्षेप सहित १३ करोड ४२ लाख सम्पत्ती रहेको संस्थाका सचिव सावित्री केसीले जानकारी दिनुभयो । संस्थाले गत आर्थिक वर्षमा शेयर सदस्यहरुलाई ९ करोड ८४ लाख ८६ हजार रुपैया कर्जा लगानी गरेको छ । आफ्नै भवनबाट कारोबार सञ्चालन गरेको महिला हित वचत तथा ऋण सहकारी संस्थाको स्थिर सम्पत्ती १ करोड ४९ लाख २९ हजार ९ सय ६७ रहेको छ ।

१ हजार ३ सय ४९ जना शेयर सदस्यसंग वित्तीय कारोबार लगायत सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणका क्षेत्रमा कार्यरत यो सहकारीले विपन्न वर्गका महिलाहरुको उत्थानका लागि नियमित रुपमा आफ्ना गतिविधि सञ्चालन गर्दै आइरहेको संस्थाका अध्यक्ष लिलादेवी खड्काले जानकारी दिनुभयो ।

साधारणसभाले संस्थाका सचिव सावित्री केसीले प्रस्तुत गरेको गत आर्थिक वर्षको प्रगति र चालु आर्थिक वर्षको प्रस्तावित नीति तथा कार्यक्रम, कोषाध्यक्ष पम्फा किसानले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक सुमन बाँस्कोटाले प्रस्तुुत गरेको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पारित गरेको छ ।

प्रमुख अतिथि स्वास्थ्यकर्मी कविता शाक्यले सहकारीले विपन्न वर्गका महिलाहरुको आर्थिक विकाससंगै विभिन्न कारण मुल प्रवाहमा पुग्न नसकेका महिलाहरुको क्षमता विकासमा समेत योगदान गरेको बताउनभयो । कार्यक्रममा संस्थाका सल्लाहकारहरु मन कुमारी केसी जिसी, खड्क कुमारी खड्का, लक्ष्मी बास्कोटा, पूर्व सल्लाहकार शैलेन्द्र कुमार श्रेष्ठ, जिल्ला सहकारी संघ बागलुङका उपाध्यक्ष पिंगला खड्का जिसी, स्वास्थ्य सहकारी संघका अध्यक्ष सीता शर्मा, राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाका प्रमुख युवराज त्रिपाठी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

ब्रह्माकुमारी इश्वरीय विश्व विद्यालयका रविन भाइजीले जीवनको महत्व साथै खुशीसाथ कसरी जीवन जिउने भन्ने विषयमा जानकारी गराउनु भएको थियो । साधारणसभामा उत्कृष्ट शेयर सदस्यहरु वचत तर्फ सरस्वती राजभण्डारी, रेनु केसी, मनु केसी खड्का, विधाता पौडेल, भूमिका खड्का, उत्कृष्ट कारोबारतर्फ डिलमाया घर्ति, साहसी महिला तर्फ किचरी किसान, व्यावसायिक महिलातर्फ पार्वती अधिकारी र लक्ष्मी किसान, श्रमिक महिलातर्फ माया किसान, कर्मचारी तर्फ सुरक्षा गार्ड गंगा अधिकारी, रेमिट्यान्स कारोबारतर्फ दुर्गा खड्का, सामुदायिक विद्यालयतर्फ एलिना मल्ल, निजी विद्यालयतर्फ नम्रता कार्कीलाई सम्मान गरिएको प्रवन्धक चन्द्रा कार्कीले जानकारी दिनुभयो ।

कार्यक्रम संस्थाका अध्यक्ष लिलादेवी खड्काको अध्यक्षता, उपाध्यक्ष लक्ष्मी जिसी केसीको स्वागत र सचिव सावित्री केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *