हुप्सेकोटमा सहकारी व्यवस्थापन तालिम

आदर्श अनलाइन नवलपुर

हुप्सेकोट गाँउपालिका नवलपुरको आयोजना तथा राष्ट्रिय सहकारी बैंक लिमिटेड कावासोती शाखाको सह—आयोजनामा १ दिने सकारी ब्यवस्थापन तालिम आईतबार सम्पन्न भएको छ ।
गाउँपालिका कार्यक्षेत्र भएका सहकारी संस्थाका संचालक, लेखा समिति तथा व्यवस्थापकहरुको क्षमता अभिवृद्धि गरी सुशासनयुक्त र व्यावसायिक रुपमा सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यका साथ तालिम आयोजना गरिएको हो ।

तालिम समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले सहकारीका संचालक तथा कर्मचारीले आफ्ना संस्थामा स्वनियमनमा रहि सदस्यलाई शिक्षा तालिम प्रदान गर्न तथा एकीकरण प्राथमिता दिएर संचालन गर्नुपर्ने आजको आवश्यकता रहेको बताउँनु भएको थियो ।
सहकारी संस्थाले वार्षिक साधारण सभा संगसंगै अन्य सदस्य सेवा, सामाजिक सेवाका कार्य गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले अबका दिनमा गाउँपालिकाले सम्बन्धित शाखामार्फत सहकारी संस्थाको नियमित अनुगमन तथा निरीक्षण गरी निर्देशन संगै सल्लाह सुझाव दिइने जानकारी गराउनुभयो ।

राष्ट्रिय सहकारी बैंकले आफ्ना सदस्य संघ÷संस्थाहरुलाई दिईरहेको सेवा सुविधा, बैंकका नयाँ सेवा सुविधा तथा बैकमा आवद्धता हुँदा संस्थाले पाउने फाइदाका बारेमा बैंकका कावासोती शाखा प्रमुख रुक्मत श्रेष्ठले जानकारी गराउनु भएको थियो । आवद्ध हुन बाकी सहकारी संस्थाहरुलाई बैंकमा आवद्ध हुन आब्हान गर्नुभएको थियो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पूर्णसिंह राना, प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रसाद बस्याल, लेखा अधिकृत राजेन्द्र प्रसाद रेग्मी, सामाजिक विकास सेवा शाखा प्रमुख रबिन्द्र सापकोटा, तालिमका सहजकर्ता बैंकका सहायक अधिकृत राजकुमार बरालले सहकारी व्यवसायमार्फत समाज रुपान्तरणका लागि यसले सञ्चालन गर्ने व्यवसायलाई व्यवस्थित बनाउनु पर्नेमा जोड दिनु भएको थियो ।

तालिम समापन कार्यक्रम गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेको अध्यक्षता तथा गाउँपालिका सहकारी शाखाका प्रमुख तिर्थराज रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो ।
उक्त तालिममा १३ वटा सहकारी संस्थाका ३१ जनाको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *