पोखरामा रोपाईं महोत्सव, सहकारी उत्पादनमा साझेदारी गर्न प्रदेश सरकारको जोड रहने सहकारी मन्त्री जि.सीको भनाई

आदर्श अनलाइन, पोखरा

आयातलाई प्रतिस्थापन, निर्यातलाई प्रबद्र्धन गर्ने नाराका साथ एग्रो टुरिजम सहकारी संस्था लिको आयोजनामा रास्ट्रिय धान दिबस २०८० को अबसरमा ऐतिहासिक प्रथम रोपाई महोत्सव, अग्रज किसान सम्मान तथा बिबिध साँस्कृतिक कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ ।

उक्त कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री महेन्द्रध्वज जि.सीले गर्नुभएको थियो । उद्घाटन पछि बोल्दै मन्त्री जि.सीले कृषि र पर्यटनको विकासमा पु¥याएको योगदानका बारे प्रशंसा गर्दै भावि दिनहरुमा यस्ता गतिविधिलाई गण्डकी प्रदेश सरकारले समेत विशेष महत्व दिने कुरा बताउनु भयो । मन्त्री जि.सीले पोखरामा पछिल्लो समय कृषि उत्पादन क्षेत्र घटिरहे पनि महोत्सवले उत्पादनसहित पर्यटनलाई टेवा पु¥याइरहेको बताउनुभयो ।

महोत्सवमा ६ जना अग्रज किसानहरुलाई सम्मान गरिएको छ । सम्मानित हुने किसानहरुमा शाकुरा एपिएरीका संचालक श्रीभद बराल, आशिका पशुपालन तथा कृषि फार्मका संचालक शिव प्रसाद लामिछाने एंव कल्पना लामिछाने, पौडेल पशुपालन तथा कृषि फार्मका संचालक बिष्णुप्रसाद पौडेल, कृषि उपज संकलन तथा ऐग्री ऐम्बुलेन्स मार्फत संकलित तरकारीको व्यवस्थापन सहजकर्ता अग्रज किसान टेक बहादुर थापा, तरकारी संकलनमा सर्वोत्कृष्ट संकलक रिखे नेपाली, दुग्ध उत्पादन तर्फ कल्पना थापालाई सम्मानित गरिएको हो ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारी राष्ट्रिय सहकारी बैक लिमिटेडका लेखा समिति सदस्य चन्द्रा ढकाल पराजुली, पोखरा महानगरपालिकाका कृषि निर्देषानलय पोखराका प्रमुख बासुदेब रेग्मी, जिल्ला सहकारी संघ कास्कीका बरिष्ठ उपाध्यक्ष छबिलाल लामिछाने, समाजसेवी पिताम्बर शर्मा पौडेल, विश्शेवर आचारहरामी, दिनेश आचार्य, चन्द प्रसाद पौडेल, दिगो शान्ति महिला बचत ऋण सहकारीका अध्यक्ष रमादेबी आचार्य, भरतपोखरी बचत तथा ऋण सहकारी संस्था लि का अध्यक्ष कृष्ण प्रसाद अधिकारी लगायतले सहकारीले कृषि र पर्यटनका क्षेत्रमा गरेकोे कामको प्रशंसा गर्नुभएको थियो ।

महोत्सवमा लोकबाजाको प्रस्तुति ,हिलेदौड प्रतियोगिता, हिलोमा डोरि तान्ने रस्साकस्सी, रोपाइँ प्रतियोगिता लगायत कलाकार शिबहरि ढुङ्गाना र मधु महतको प्रस्तुति रहेको थियो ।

महोत्सव एग्रो टुरिजम सहकारी संस्थाका अध्यक्ष डिल्लीराम बरालको अध्यक्षतामा, महिला विकास समिति संयोजक अन्जु अधिकारी थापा र संस्थाका उपाध्यक्ष एंव कार्यक्रम संयोजक श्रीभद बरालको स्वागत तथा संस्थाका सचिब बाबुराम सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *