लेकसाइडमा ट्याक्सी दुर्घटना

आदर्श अनलाइन, बागलुङ
पोखरामा कार दुर्घटानामा परेको छ । तीव्र गतिका कारण कार पोखरा महानगरपालिका–१८ स्थित राटामाटाबाट फेवातालमा खसेको छ । आइतबार बिहान ३ बजे सेदीबाट खपौदी जाँदै गरेको ग ३ च २३९२ नम्बरको कार अनियन्त्रित भई फेवातालमा खसेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा प्रहरी वरिष्ठ निरीक्षक शिव पाठकका अनुसार चालक संगम थापाले मादक पदार्थ सेवन गरि सवारी चलाएकै कारण कार तालमा खसेको हो ।

उक्त कार क्रेनको प्रयोगमा निकालिएको उनले बताए । कार निकालिए पनि चालक थापालाई भने अनुसन्धानकै क्रममा प्रहरीले सम्पर्कमा राखिएको जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *