सहकारीको गुणस्तर बढाउन एकीकरणमा जोड दिऔ : नगर प्रमुख अधिकारी

आदर्श अनलाइन, नवलपुर

मध्यविन्दु नगरपालिका नवलपुरका नगर प्रमुख भीमलाल अधिकारीले सहकारीको गुणस्तर बृद्धि गर्नका लागि एकीकरण अभियानलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनु भएको छ ।

जिल्ला सहकारी संघ लिमिटेड नवलपुरको ४१ औं वार्षिक साधारणसभाको शनिवार उद्घाटन पछि बोल्दै अधिकारीले यस्तो बनाउनु भएको हो । सहकारी संख्यात्मक रुपमा धेरै भए, एउटै मान्छे धेरै सहकारीमा सदस्य भएका कारण पनि सहकारीमा समस्या आएको छ, सदस्यहरु दोहोरो भएका, कार्यक्षेत्र मिल्ने र व्यवसाय मिल्ने सहकारीहरुबीच एकीकरण गरेर अगाडि बढ्नु पर्ने उहाँको सुझाव छ ।

सहकारी समाज रुपान्तरणको महत्वपूर्ण माध्यम हो, तर सहकारीमा लागेका केही मान्छेहरुले सहकारीको भावना विपरितका काम गरेकाले सहकारीप्रतिको विश्वास कम हुदै गएको भन्दै उहाँले सहकारीप्रति विश्वास बढाउन र थप व्यवसायिक भएर अगाडि बढ्नका लागि एकीकरण अभियान सहयोगी हुने धारणा राख्नु भयो ।

कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड नवपुरका अध्यक्ष होमनाथ जैसी, जिल्ला सहकारी संघका पूर्व अध्यक्ष केशव प्रसाद सापकोटा, जिल्ला बचत तथा ऋृण सहकारी संघका संस्थापक अध्यक्ष खेमराज सापकोटा, जिल्ला उद्यमी महिला सहकारी संघका अध्यक्ष धर्मा न्यौपाने, गैडाकोट नगरपालिका सहकारी शाखा प्रमुख देवेन्द्र गौतम, मध्य बिन्दु नगरपालिका सहकारी शाखा प्रमुख विष्णु प्रसाद शर्मा, गैडाकोट सहकारी समन्वय मंचका अध्यक्ष प्रेम प्रसाद सापकोटा, कावासोती सहकारी समवन्य मंचका अध्यक्ष कृष्णराज सिग्देल, देवचुली सहकारी समवन्य मंचका अध्यक्ष रेनुका बस्ताकोटी, सहकारी कर्मचारी समाजका अध्यक्ष नर भुपाल भुसाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम जिल्ला सहकारी संघका अध्यक्ष तिलक प्रसाद पराजुलीको अध्यक्षता, सचिव श्याम सुन्दर लामिछानेको सञ्चालनमा सम्पन्न भएको थियो । नेफ्स्कूनको ३२ औं वार्षिक साधारणसभाबाट लेखा सुपरीवेक्षण समितिको संयोजकमा निर्वाचित संघका उपाध्यक्ष इन्द्रराज ज्योति पौडेललाई कार्यक्रम सम्मान गरिएको थियो । यस्तै गैडाकोट नगरपालिकाका सहकारी शाखा प्रमुख देवेन्द्र गौतम र मध्य बिन्दु नगरपालिका सहकारी शाखा प्रमुख विष्णु प्रसाद शर्मालाई सहकारी अभियानमा संघलाई नियमन, प्रर्वधन र विकासमा सहयोग गरेकोमा सम्मान गरिएको थियो क।

साधारणसभाले सचिव श्याम सुन्दर लामिछानेले प्रस्तुत गरेको प्रगति प्रतिवेदन, कोषाध्यक्ष टिकाराम कंडेलले प्रस्तुत गरेको आर्थिक प्रतिवदन, लेखा सुपरिवेक्षण समितिका संयोजक छविलाल अर्यालले प्रस्तुत गरेको लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत सर्वसम्मत पारित गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *