सामाजिक विकास कार्यालय पर्वतको अभिमुखीकरण

आदर्श अनलाइन, पर्वत
सामाजिक विकास कार्यालय पर्वतले स्थानीयतहहरूमा रहेका महिला तथा बालबालिका शाखाका कर्मचारी र सामाजिक विकास समितिका पदाधीकारीलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्ला स्थित स्थानीय तहका जनप्रतिनिधि, महिला तथा बालबालिका शाखाका कर्मचारी, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा लैंगिक एंव अल्पसंख्यकहरू बिच अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको थियो ।

दुई दिनसम्म संचालन हुने कार्यक्रममा स्थानीय तहमा लैंगिक उत्तरदायी बजेट, अपांङ्गता परिचय पत्र वितरण सम्बन्धी कानुनी व्यवस्था बालमैत्री शासन प्रवर्द्वन तथा व्यवस्थापन विषयकमा अन्तरक्रिया भएको हो । स्थानीय तहमा सामाजिक विकास कार्यालयको भूमिका तथा कार्यालयको काम, कर्तव्य र अधिकारका बारेमा सहजिकरण गरिएको सामाजिक विकास कार्यालयका प्रमुख टंक प्रसाद ढकालले बताउनुभयो ।

उहाँले स्थानीय तहका सामाजिक विकास समितिका पदाधिकारी तथा महिला कर्मचारीले आफ्नो पालिका भित्र महिलाको क्षेत्रमा कस्ता प्रकारका सामाजिक कार्यहरू हुँदै आएकोमा विशेष जोड दिनपर्ने बताउनुभयो । पालिका भित्र महिला, बालबालिका, अपांङ्गता भएका व्यक्तिको अवस्था तथा अधिकारका सवालमा थप सचेत भएर काम गर्न अभिमुखीकरण सञ्चालन भएको छ ।

दुई दिने अन्तरक्रिया कार्यक्रम अन्तर्गत आइतबार सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश सरकारको सामाजिक क्षेत्रको जिम्मेवारी, कार्य, निति तथा कार्यक्रमको कार्यान्वयनमा स्थानिय तहको भूमिकाका बारेमा बद्री प्रसाद वाग्लेले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा पर्वत जिल्लाका २ नगरपालिका तथा ५ गाँउपालिकाका कर्मचारी, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा लैंगिक एंव अल्पसंख्यकहरूको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *