कुश्मामा सहकारीका अध्यक्षहरुलाई क्षमता विकास तालिम

आदर्श अनलाइन, पर्वत
सहकारी संस्थामा प्रभावकारी व्यवस्थापनका लागि अध्यक्षहरुको भूमिका बढाउनका लागि पर्वतको कुश्मामा सहकारी संस्थाका अध्यक्षहरुका लागि २ दिने तालिम सञ्चालन गरिएको छ । राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय बागलुङको आयोजनामा सञ्चालन गरिएको तालिममा सहकारीलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि अध्यक्षको भूमिका कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा सहजीकरण गरिएको थियो ।

सहकारीको साधारणसभाले दिएको निर्देशन अनुसार संस्थालाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि अध्यक्षको भूमिका नेतृत्वदायी तथा संयोजनकारी र नियन्त्रणकारी समेत हुनु पर्दछ, बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले भन्नुभयो, अध्यक्षले सहकारी सञ्चालनको विधि र प्रक्रिया राम्रोसंग बुझेर काम गर्न सकेमा सहकारीका समस्या कम हुदै जाने भएकाले अध्यक्षहरुका लागि तालिम सञ्चालन गरेका हौ ।

No description available.

सहकारी संस्थामा हुने सम्पूर्ण कामको नेतृत्व गर्ने, सञ्चालक समिति र व्यवस्थापनलाई प्रभावकारी निर्देशन गर्नका लागि पनि अध्यक्षले सहकारी ऐन, नियम, संस्थाको विनियम लगायत निर्देशिका लगायतका विषयमा जानकारी राख्नु पर्ने भएकाले अध्यक्षहरुका लागि तालिम आयोजना गरिएको जिसीको भनाइ छ ।

तालिममा बैंकका अधिकृत राज कुमार बरालले सहजीकरण गर्नु भएको थियो । उहाँले सहकारीको संरचना अनुसार सञ्चालक समिति कार्यकारी र लेखा सुपरीवेक्षण समिति अनुगमनकारी निकाय भएकाले यि दुवैको क्षमता विकास गर्नु पर्नेमा जोड दिनुभयो । दैनिक प्रशासन सञ्चालनदेखि ऐन, नियमको कार्यान्वयन र सहकारीको साख वृद्धिका लागि सञ्चालक समितिको भूमिका बढाउनु पर्ने र त्यसको नेतृत्व गर्ने अध्यक्षलाई यस्ता विषयहरुमा जानकारी हुनुपर्नेमा उहाँको जोड थियो ।

जिल्ला सहकारी संघ पर्वतका अध्यक्ष शेषराज रेग्मीले पछिल्लो समय सहकारीमा देखिएको समस्याको असर पर्वतमा पनि परेको र यस्ता खालका तालिमहरुले सहकारी संस्थालाई सहज रुपमा अगाडि बढ्नका लागि सहयोग पुग्ने धारणा राख्नु भएको थियो । तालिममा पर्वत र बागलुङको दक्षिण भेगका सहकारीका अध्यक्षहरुको सहभागिता रहेको राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाका प्रमुख युवराज त्रिपाठीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *