सकियो मेयर कप प्रोफेशनल आईटीएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिता

आदर्श अनलाइन, बागलुङ
शुक्रबारदेखि बागलुङको ढोरपाटनमासुरु भएको मेयर कप प्रोफेशनल आईटीएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिता सम्पन्न भएको छ ।

बागलुङ जिल्ला आईटीएफ तेक्वान्दो संघको आयोजनामा ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा भएको प्रतियोगितामा महिला तर्फ नेपाल आर्मीका निकिता धिमाल प्रथम, कोशी प्रदेशबाट सजिना तामाङ द्वितीय र कोशी प्रदेशकै कुसुम राजवंशी तृतीय भएका छन् ।

पुरुष तर्फ मधेश प्रदेशबाट सुभास तामाङ प्रथम, नेपाल पुलिसबाट श्री प्रसाद बुढा मगर द्वितीय र नेपाल आर्मीकै अनिल तामाङ तृतीय भएका छन् । ७ प्रदेश, ३ विभाग, एक आयोजक गरी ११ टिमबाट ब्ल्याकबेल्ट प्राप्त राष्ट्रिय स्तरको खेल खेलिसकेका खेलाडीको सहभागिता रहेको थियो । महिला र पुरुष दुबै तर्फ च्याम्पियनले ५० हजार, ३० हजार र २० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतियोगितामा प्रत्येक समूहबाट समान दुई पुरुष र महिला खेलाडीको बिचमा प्रतिस्पर्धा भएको थियो । कुल ४४ खेलाडीले दुई स्वर्णपदक, ट्रफी र नगद पुरस्कार प्राप्त गरेका हुन।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतले खेल स्वास्थ्यका लागि मात्रै नभई राष्ट्रको चिनारी भएको बताउनु भयो । राज्यले खेल क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्नु पर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रम जिल्ला अध्यक्ष प्रतीक घर्ती मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *