महाविर पुनको किताबलाई नियाल्दै छिचोल्दा

याम बहादुर थापा मगर
किताब प्रति मोहमा बढावा दिने
खासमा मलाई बाल्यकालमा पढने प्रेरणा आमाले दिनु भएको हो । आमाले घरको भित्तामा खरीले घोटेर पढाउनु हुन्थ्यो । बाले म जस्तो भरिया, भेडा गोठाला नहुनका लागि समाजका अगाडि गरी खाने हुनका लागि बारीको काममा आफुले सँगै लगी बाले बारीको घाँस काटने, कोदोको नल काटने तर मैले आडमा बसेर पढने पुस्तक लगेर पढनु पर्ने बाध्यता थियो । रातिको समयमा बाबाले भेडाको ऊनबाट धागो काटने, निगालोबाट ढोका बुन्ने गर्ने तर बाबाको आडमा बसेर मैले ठुलो स्वर हालेर बाबा आमालाई पढने हो कि जस्तो गरेर शरिर बेस्सरी चिलाए जस्तो गरी कन्याउँदै पढन बस्थे । बार्षिक परिक्षामा पास भएपछि प्रथम, द्धितिय हुने थिएन । तर पहिला, दोश्रो स्थान हुनु पर्दछ भन्दै गाउँघरका ठुला बडा सरकारी कार्यालयमा काम काज गर्ने मानिसहरुको उदाहरण दिनु हुन्थ्यो । बाबाले उदाहरण दिनेमा हाल बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा नं. १० वडा अध्यक्ष तथा नेपाल सरकारका पुर्व उपसचिव तिल बहादुर थापा मगर र नेपाल सरकार न्याय सेवामा कार्यरत उपसचिव लालसिंह थापा मगरको उदाहरण पटक पटक दिनु हुन्थ्यो । तर उनीहरुलाई प्रत्यक्ष रुपमा भेटघाट भई चिन्ने मौका पाएको थिएन । धेरै पछि मात्र उनीहरुलाई चिनेको थिए । विद्यालयमा पढने गरि हिम्मतका साथ आँट गरेर ६ कक्षाबाट ७ कक्षामा पास हुने समयमा कक्षामा प्रथम भएपछि अध्ययन गर्नु पर्ने रहेछ भन्ने लगाव पढयो ।

विद्यालयका पाठयपुस्तक वर्ष भरी जतन गरेर पढने र थप नयाँ पाठयपुस्तक बाहेक अरु पुस्तक अध्ययन गर्ने बानी बसाउन बहुत गाह्रो भएको थियो । गाउँमा ज्ञानज्योति पुस्तकालय भन्ने अग्रजहरुले खोलेका थिए । तर मैले पुस्तकालयमा गएर अध्ययन गर्ने पढने काम गरेको थिएन । तर पुस्तकालयमा गाउँका युवाहरु पढि सकेको पुस्तक साट फेर गरी नयाँ नयाँ पुस्तक लैजाने गर्दथे । त्यो कसरी र किन गर्दछन भन्ने बुझने मलाई धेरै समय लाग्यो । विद्यालय स्तरको पढाइको समयमा नै मैले महाकवि लक्ष्मी प्रसाद देवकोटाको मुनामदन, आदिकवि भानुभक्त आर्चायको रामायण विद्यालयको जीवनमा बाहिरी पुस्तक अध्ययन गरेको थिए । युवाहरुको गित, म्याक्सीम गोर्कीको आमा, अग्नी दिक्षाको नाम सुनेको थिए तर विश्वविद्यालयको अध्ययनको समयमा अध्ययन गरेको थिए । विश्वविद्यालयको समयमा कहिल्य काही त अध्ययनको समयमा कोर्षको किताब भन्दा बढी अन्य बाह्रय किताबहरु अध्ययन गर्ने र अन्य विविध कार्यक्रमहरुमा वहुत व्यस्त हुन्थे ।

महाविर पुनलाई पहिलो पटक भेटघाट
म्याग्दी जिल्लाको नागीमा जन्मेका महाविर पुनको बारेमा भैरव माध्यमिक विद्यालय भकुण्डे,बागलुङको बार्षिक उत्सवमा अतिथिहरुको भाषण गर्ने बेलामा सुनेको थिए । तर दुर्गम गाउँमा इन्टरनेट सुविधा, सामुहीक विद्यालय होस्टेल सचालन लगायतका विषयमा राम्रो विद्यालय रहेको छ भन्थे । हाम्रो विद्यालय पनि त्यस्तै राम्रो बनाउनु परयो भनेर वकालत गरेको सुन्दा कस्तो होला भनी कल्पनामा डुब्थे । मेरो क्याम्पसको लामो पढाइपछि राजनीति र पत्रकारीता पेशाबाट अलग हुँदै निजामति सेवाको नोकरीको शिलशिलामा जिल्ला शिक्षा कार्यालय, बेनी, म्याग्दीमा आर्थिक प्रशासन शाखामा कामकाज गर्न गएको थिए । सायद वि.स.२०६९ सालको राष्ट्रिय शिक्षा दिवसको सन्दर्भमा प्रमुख अतिथि महाविर पुनलाई बनाउने योजना तय भएपछि ल अब मैले महाविर पुनलाई भेटन पाउने भए भन्ने ढुक्क भए । सरकारी पोशाक लगाएर म बेनी सामुदायिक विद्यालय बेनी,म्याग्दीको प्राङगणमा विहान ७ बजेको समय गएको थिए । आयोजक समितिका सदस्यहरु तर दर्शक दिर्घाका सहभागीहरु शुन्य प्राय उपस्थिति थियो । तर म र प्राविधिक सहायक प्रकाश गुरुङ, कम्युटर अपरेटर विक्रम रिजाल विद्यालय प्राङगणमा भएको समयमा एक्कासी एक सामान्य मानिस गेटबाट प्रवेश गरे सगँसँगै पछाडी तिरबाट जिल्ला शिक्षा अधिकारी पनि आउनु भयो । नमस्ते भन्दै महाविर पुनसँग फोटो सेसन गर्ने शुुन्य समय निस्कयो । कम मात्रामा बोल्ने स्वभावका महाविर पुन प्रमुख अतिथि भएको कार्यक्रम झन्डै आधा घण्टा पछि शिक्षा दिवसको कार्यक्रम शुरुवात भयो । भाषणमा आफु सामान्य मानिस भएको, प्रमुख अतिथिका लागि भन्दा पनि सहजीकरण र अभियन्ता भन्दा हुने विचार राख्नु भयो । लामो भाषण पनि गरेन । इन्टरनेटले धवलागिरी अन्चल जोडने योजनाको हल्ला चलेकोले मलाई अतिथि बनाएको हुन सक्ने कुरा सुनाए । कार्यक्रम समापन पछि सामान्य खाजा र चियाको बन्दोवस्त गरिएको थियो । तर महाविर पुनले औपचारिक कार्यक्रम समापन पछि धेरै सहभागीले चिया, खाजा लिन थाले तर महाविर पुन सरासर चिया,खाजा नलिईकन कार्यक्रम स्थलबाट गन्तव्यमा जानको लागि ओझेलमा परे । आयोजकका सदस्यहरुले उनका लागि खाजा, नास्ताका अलावा बिहानको खाना बन्दोवस्त गरेको जानकारी दिए तर प्रमुख अतिथि धेरै बाहिर कार्यक्रम स्थलबाट टाढा गैसक्नु भएको थियो । कार्यक्रमका आयोजक साथै जिल्ला शिक्षा अधिकारी समेत रनभुलमा परे । अतिथिको लागि व्यवस्थापन गरेको खाना, खाजा,चिया केही पनि नखाई हिडने महाविर पुनको बारेमा त्यसपछिका आगामी दिनहरुमा पत्रपत्रिका, टेलिभिजनमा आउने समाचार, अन्तर्वाता,लेखहरुमा आँखा लगाई हाल्थे । नाँगी गाउँमा जाने योजना धेरै पटक बन्यो तर आजका दिनसम्म सार्थकता पाउन सकेको छैन ।

सम्झना, सपना र अविरल यात्राको सिंहावलोकन
महाविर पुनले किताब निकाल्ने भन्ने विषयको समाचारले चर्चा पाएको थियो । किताब प्रकाशकले मागेको कमिशन दिनु भन्दा स्वय लेखक नै गाउँ देखि शहर बजारहरुमा डुलेर आफै पुस्तक बिक्री गर्ने अभियानमा देश दौडाहामा लागेको समाचारले सचार माध्यममा प्राथमिकता पाउन थालेको थियो । सामाजिक सञ्चालमा पुस्तकका लेखक महाविर पुनसँग हस्ताक्षर गरेको पुस्तक किन्ने र हस्तान्तरण गरेको फोटो खिचेर अपलोड गर्ने अभियान नै व्यापक रुपमा चलाएका थिए । सम्झना, सपना र अविरल यात्रा नामक पुस्तकले फेसबुक स्टाटस हेर्दा सो पुस्तक नकिन्ने मै मात्र होकी जस्तो भान हुन्थ्यो । किताब किनेर धेरै साथीहरुले अध्ययन गरि सके होलान भन्ने लाग्थ्यो । मैले महाविर पुनको हातबाट पुस्तक किनी फोटोसँगै खिच्ने अवसर बागलुङ बजारमा आउँदा गुुमेको थियो । सायद जजसले पुस्तक किन्नु भएको छ । उहाँहरुले सो पुस्तक शुरु देखि अन्त्यसम्म पढेर अरु अध्ययन प्रेमी साथीहरुलाई पढन दिनु होला ।

मलाई अफिसको काममा हुने व्यस्तताले सोचेका जस्ता कविता, नियात्रा,आलेख, यात्रा सस्सरण, उत्प्रेरणामुलक सोचको विकासमा टेवा दिने लेख लेख्न गिरावट आएको थियो । फुसर्दको समय हुना साथ विद्या मन्दिर पुस्तकालय, बागलुङको आजिवन सदस्य तथा उत्कृष्ट पाठकबाट सम्मानित भएको पुस्तकालयमा जान्थे । मैले पछिल्लो समयमा विश्व भक्त दुलाल आहुतिको जात वार्ता नामक पुस्तक अध्ययनका लागि पुस्तकालयबाट १५ दिनका लागि लिएर आएको थिए । जात वार्ता नामक पुस्तक मैले ९० प्रतिशत जति पाना अध्ययन गरेपछि पुस्तक विद्यामन्दिर पुस्तकालयमा फिर्ता गरिदिए । अब कुन पुस्तक अध्ययनका लागि लैजाने होला भनि पुस्तकालयको पुस्तकहरुको दराजमा आँखा लगाउँदा त महाविर पुनको पुस्तक सम्झना,सपना र अविरल यात्रा नामक पुस्तक ३ प्रति देखे । सो पुस्तकलाई लैजान भनि विद्यामन्दिर पुस्तकालयका कर्मचारी बैहिनी सुशिला श्रेष्ठलाई अनुरोध गरे । कोठामा पुस्तक लिएर आए पछि शुरुको शिर्षक र अन्त्यका शिर्षकहरु अध्ययन गरे । पुरा पुस्तक अध्ययन गर्नका लागि १५ दिनको पुस्तक फिर्ता गर्ने अवधिमा अध्ययन गर्ने समय व्यवस्थापन भएन । त्यसपछि फेरी दोश्रो पटक थप १५ दिनका लागि म्याद थप गर्नको लागि पुस्तकालय गै आएपछि भने घर भकुण्डेमा जाने बेला, घरमा कामकाज नगरी पिढीमा बसेर पढे, मुढामा बसेर पढे । पढन लागेको समयको जीवनसंगीनी रुपकदेवी थापा मगरलाई अनुरोध गरी पुस्तक समाई फोटो खिचे । महत्वपुर्ण लागेका किताबका भनाइलाई फेसबुक स्टाटसमा फोटो सहित अपलोड गरे । जिवनसंगिनी रुपक देवी थापा मगर, छोरी रुयासा थापा मगर र छोरा हिम्मत थापा मगरलाई पनि सम्झना, सपना र अविरल यात्रा पुस्तक एक पटक पढ्न अनुरोध गरे र विद्यामन्दिर पुस्तकालयको सदस्य भै नियमित पाठक बन्न अनुरोध गरे तर सफलता हासिल गर्न म परिवारमा नै प्रयासरत रहेको छु । धौलागिरी आयुर्वेद औषधालय बागलुङको कार्यकक्षमा लगेर कुनै शिर्षक अध्ययन गरे । जिल्ला खेलकुद विकास समिति,बागलुङको कार्यालय परीसरमा गै पुस्तक लगी जादाँ कार्यालय प्रमुख राजेश बाँस्कोटाले समेत केही समय अध्ययन गरेर मैले पढेर हजुरलाई दिन्छु भन्दा मैले म्याद ठपेर ल्याएको पुस्तक हो भनेर किनेर अध्ययन गर्नु वा पुस्तकालयको सदस्य बनेर अध्ययन गर्न अनुरोध गरे । म जसरी पनि अध्ययन गरेर र हजुरलाई दिन्छु भन्दै राजेश बाँस्कोटालाई पुस्तक पढ्न दिइनन । कोठामा, कार्यालयमा र विदाको दिनमा घरमा लगेर पुरा किताव अध्ययन गरे । मैले थुप्रै किताब पढछु भनेर किनेको तर शुरुवातको भुमिका, लेखकको मन्तव्य र शुरुका चार,पाच वटा शिर्षक पढेपछि झयाँऊ लागेर आएपछि बाँकी अंश नपढीकन र–याकमा थन्काएको छु । भने कुनै पुस्तक पटक पटक अध्ययन गर्नेमा झमक कुमारी घिमिरेको जीवन काँडा कि फुल भन्ने पुस्तक दोहोराएर पढेको छु । धेरै पुस्तक किनेर अध्ययन गर्ने बानी राम्रो भएपनि पैसाको अभाव हुने भएकोले विद्यामन्दिर पुस्तकालयको आजीवन सदस्य भएको नाताले रुचिकर र चर्चित पुस्तक अध्ययन गर्दै आएको छु । छोरा हिम्मत थापाले अग्रेजी भाषाको दुई तिन वटा पुस्तक पढी सकेको छ । पढने बानी छोराको लागि अग्रेजी भाषा अगाडी भएपनि नेपाली, हिन्दी भाषाको भण्डार वृद्धि गर्ने कितावहरु माग गर्नुपर्ने आग्रह रहेको छ ।

महाविर पुनको किताब फेसबुकमा अपलोड गरेका जतिले पुरा पानाका किताब अध्ययन गरे त हाम्रो समाजमा राम्रो अध्ययन संस्कृतिलाई समेत वढावा दिन सक्दछ । राष्ट्रिय आविष्कार केन्द्रको पहलमा कृषि औजार कारखानाको श्रीवृद्धिको लागि पुस्तकको मुल्य वापतको रकम अर्पण हुने घोषणा उल्लेखनीय रहेको छ । अग्रिम रुपले औजार केन्द्रको विकास र विस्तारमा लेखकले गरेको पहल र प्रयासलाई टेवा दिनको लागि सरकार समेत लागि थुप्रै प्रति बिक्री वितरण गर्नमा लाग्नुपर्दछ । सो किताबलाई अग्रेजी भाषा, हिन्दी भाषा लगायतका विभिन्न भाषामा अनुवाद गरी विश्वव्यापी गराउन हातेमालो गर्न पर्छ ।

राष्ट्रिय आविष्कार केन्द्रको चर्चा
नेपालमा भरपर्दो तरिकाले नर्वपवर्तन, अनुसन्धान र आविष्कारमा लगाउने सोच र योजना मुताविक काम गर्ने सस्था भएपनि मुर्त हिसावले उपलब्धी दिने आधिकारीक सस्थाको अभाव महसुस भएको छ नेपालमा । वैज्ञानिक तरिकाले खुल्ला आशा बोकेर राष्ट्रिय आविष्कार केन्द्रको स्थापना काल देखिको संघर्षका दिन आजका दिनसम्म पनि उस्तै छ । देशका प्रधानमन्त्री देखि मन्त्री सांसद हुदै गण्डकी प्रदेशका मुख्यमन्त्रीसम्मका समन्वयमा भएका प्रयास निर्थक सावित भएका छन् । आफुलाई मनमा लागेपछि एकोहोरो तरिकाले लाग्ने बानीका कारण नेपालमा केही गर्न सकिन्छ भनेर अन्तराष्ट्रिय र राष्ट्रिय पुरस्कारहरु थाप्दै लाग्नमा उत्प्रेरित भएका छन् । अध्ययन प्रति अगाध लगावका कारण पुस्तक प्रतिको अध्ययन गर्ने एकोहोरो लगावका कारण अध्ययन तथा अनुसन्धान केन्द्रका रुपमा विकास र विस्तार गर्नमा लागेको पाउन सकिन्छ । नर्ववर्तनको सोच विकासोन्मुख मुलुकमा हुदैन भन्ने सोचले ग्रस्त भएका नेपाली समाजलाई अनुसन्धान, नर्ववतन र विकासका बारेमा बुझाउनमा नै पत्थर जस्तो अडिग भएर लागी रहन सकेका छन् । सरकारको नीति तथा कार्यक्रम, राजनीतिक नेताहरुको सोच तथा चेतनाको बुझाईमा अनुसन्धान, नर्ववतन र गर्न कम्मर कसेर लागे पनि हण्डर र ठक्कर चौतर्फी रुपमा खाएपछि कतैबाट सम्भावनाको ढोका बन्द देखेपछि आफुले पाएको पुरस्कार र पदकलाई लिलामी गरेर प्राप्त रकमलाई केन्द्रको विस्तार र विकास लगाउने कठोर निर्णय लिन पुगे ।

जब्बर जस्तो रुपमा निरन्तर लागि रहने बानी
मानिसमा बानी र स्वभाव आआफनै हुन्छ । बाहिर राम्रा भनिएकाहरु व्यवहारको कसीमा नितान्त फरक हुन्छ । कोहि विपरीतर्थाक भनीनेहरु अन्यन्त सरल र मिजासिला हुने गर्दछन । तर सम्झना, सपना र अविरल यात्रा नामक पुस्तकमा उनले जब नागी गाउँबाट पर्वतको मल्लाजमा पढन आउँदा देखि चितवनमा बसाई सराई पछि अध्ययनमा जब्बर जस्ती शब्द भण्डार बनाउन लागेको पाउन सकिन्छ । अमृत साइन्स कलेज काठमाडौको पढाइ त झन कति कष्टप्रद तरिकाले जब्बर जस्तो गरेर पढाइलाई पुरा गरेका छन् । चितवनमा शिक्षक भएर शुरु गरेको शिक्षण पेशामा पनि उनी शिक्षक भन्दा पनि साथीका रुपमा विद्यार्थीहरुलाई साथी बनेर अध्यापन गराएका छन् । चितवनका प्रमुख जिल्ला अधिकारीसँगको भनाभन देखि जागिर छोडन् तयार भएका स्वाभिमानी स्वभावका महाविर पुन झुकेर प्रधानाध्यापकको अनुरोधलाई अनुशरण गरेर शिक्षक हुन गएन । काठमाडौ तिर आई अमेरिकन लाइव्रेरीमा दैनिक समय बिताउन थाले । अमेरिकामा अध्ययन गर्नका लागि गरेको प्रयास अति निरन्तर भै लगाव लामो रुपमा लागेको पाइन्छ । उमेरका हिसाबले ३४ वर्षको पाको उमेरमा अमेरिकामा वि.एस्सी अध्ययनका लागि पाएको छात्रवृत्ति अनवरत प्रयासका लागि अति कडा स्वभावका कारण हरेश नखाइकन गरेको पाइन्छ । अमेरिकामा सहपाठीहरु २०, २२ वर्षका हुने आफु भने ३४ वर्षको भएर पनि निरन्तर रुपमा परिक्षामा ४ जिपिए ल्याउन कक्षाकोठाको शिक्षकले पढाएको विषयवस्तुलाई क्यासेटमा रेकर्ड गरेर पटक पटक सुनेर अग्रेजी भाषा सुधारेको कथा सबैले अनुशरण गर्न लायक छ । नेपालमा राष्ट्रिय आविष्कार केन्द्रको भिजन,मिसन र अनुसन्धान तथा नर्ववतनमा लगानी गरी प्रतिफल पाउनमा नबुझनु स्वाभाविक थियो । महाविर पुनको एकोहोरो स्वभावका कारणले आजको दिनमा पुस्तक समेत प्रकाशन भएको हुन सक्दछ ।

विदेश यात्रामा विश्व नै घुमेको अनुभव
नेपालमा स्वयसेवक रुपमा नागीको विद्यालयमा अध्यापन गराउने समयमा पर्यटन पुर्वाधार विकास, होमस्टे प्रर्वद्धन, सामुहिक खेती प्रणाली, चौरी पालन विकास गर्दै पोखरामा सर्भर राखी संकटकालको समयमा नागी गाउँमा इन्टरनेट जोडे .पछि उनी विश्वव्यापी रुपमा चर्चित हुन पुग्दछन । नागी गाउँका साथै छिमेकी जिल्ला पर्वत, बागलुङ,कास्की जिल्लाहरुमा इन्टरनेट वायरलेस विधि मार्फत जोडेपनि अहिले जस्तो नेपालमा इन्टरनेट सर्वसुभल नभएकोले नेपाली भाषामा अध्ययन गर्ने सामाग्री नभएकोले अग्रेजी भाषामा बुझाउन बहुत गाह्रो भएको अनुभव महाविर पुनलाई भएको थियो । विदेशमा महाविर पुनले गरेको कामको बारेमा थुप्रै समाचार प्रकाशन र प्रशारण भएर चर्चित बन्दै गएका थिए । जसका आधारमा विश्वविख्यात पुरस्कार र पदकको दावेदारमा दर्ज अनौपचारिक रुपमा भएका थिए । तिनै समाचारका कारण विदेशमा उनको योगदानको चर्चा रातदिन फैलिएको थियो । विभिन्न देशबाट अनुभव आदानप्रदानको लागि विश्वविद्यालयबाट प्रस्तावहरु आउन थाले । थप अनुसन्धान र नर्ववतनका लागि थुप्रै देशमा जाने योजना बुन्दै र भ्रमण गर्नका लागि जाने बाटो खुल्दै जान्छ । विश्वका विभिन्न देशहरुका बारेमा विकास,नर्ववतन,अनुसन्धानमा लागेर सिंगापुरको विकास, मलेशियाको विकास लगायत अमेरिका देशको विकासमा लागेका उदाहरण सहित शिक्षा र ज्ञान हासिल गरेको उनको पुस्तकमा अध्ययन गर्न पाइन्छ ।

मेरो बुझाइको निष्कर्ष
देश अनुसार भेष भन्छ तर उनी लवाइ खुवाईमा खासै रुची राख्दैनन महाविर पुन । अमेरिकामा सेकेन्ड एण्ड कपडा लगाउन बानी परेका उनी गेट अफलाई प्राथमिकतामा राख्दैन । चप्पल लगाउनु सजिलोको लागि सधै लगाइरहने महाविर पुन परिवारमा सामान्य जिवनशैली अवलम्बन गराउनमा जर्वजस्त लागेका छन् । योजना,सपना,रुचिकर विषयमा निरन्तर लागे पछि पुरस्कारहरुको लाम लाग्ने कुरामा उनी सजिलै बताउँछन् । म्याग्दीको गाउँ गाउँमा अमेरिकी एजेन्ट भनेर भाषण गरिरहदा समेत समाज बदल्न र अनुसन्धान सहित नर्ववतनमा लाग्न उनी जति पटक स्थानीय अवरोध आए पनि अर्को अति उत्तम विकल्प खोज्नमा कहिल्यै नथाक्ने गरी आत्मबल भर्दैै लागिरहने आँट र भरोसा कहाँबाट आए होला भनी सोच्न बाध्य बनाउँछ ।

मेरो जीवनशैली र उमेरका हिसावले मेरो छोरी रुयासा थापा र छोरा हिम्मत थापालाई भरपुर्ण तरिका उत्प्रेरणा भर्नका लागि दिनचर्या बिताउँदै असल अभिभावक कसरी बन्ने भन्ने सोचले ग्रस्त छु । त्यसपछि मात्र म जीवनयापनका लागि नोकरी गर्दै समय व्यवस्थापन गरेर वृत्ति विकास गरी खुल्ला अध्ययनको दायरालाई बढावा दिने मनुवा बन्नका लागि अनवरत लम्कने छु । नागरिक समाजको प्रतिविम्ब बनाउनको लागि विगतमा गरेको पत्रकारिता पेशाको रुचिकर विषयमा लेखन यात्रालाई निरन्तरता दिने प्रयास जारी राख्ने छु । फुसर्दको समय र बिदाको समयमा नयाँ र नौलो स्थानमा भ्रमण गरी भुगोलमा रहेका सास्कृतिक, सामाजिक, राजनीतिक र आर्थिक पक्षहरुमा यी पाइलालाई हिडाउदै शिक्षाप्रद रुपमा निरन्तर अगाडी बढाउनका लागि पृष्ठपोषण सहित पारिवारिक सरसल्लाह बमोजिम अगाडी बढ्ने सोच छ ।

समय निकालेर आफुले किनेर सकलन गरेका घरमा सकंलित गरेका पुस्तकहरु अध्ययन गर्ने तथा विद्या मन्दिर पुस्तकालय,बागलुङको आजिवन सदस्य भएकोले सो पुस्तकालयबाट निरन्तर रुपमा नयाँ तथा पुराना पुस्तकहरु अध्ययन गर्ने बानीलाई निरन्तता दिने एकलव्य योजना छ । पुस्तकालयमा हिन्दी साहित्य र अग्रेजी साहित्यका थुप्रै किताबहरु भएपनि ति भाषाका पुस्तकहरु घरमा लिएर पढने आँट भाषामा कमजोरी भएकाले ममा आत्मविश्वासको विकास भएको छैन ।

आगामी दिनमा महाविर पुनले बुढेसकालमा किताब प्रकाशन गरी पुस्तकको रोयल्टीबाट बुढौली जिवनयापन गर्ने सोच भएपनि झन छिटो राष्ट्रिय आविष्कार केन्द्रलाई विकास र प्रवद्र्धन गर्नलाई पहिले नै किताब प्रकाशन गर्न बाध्य भएका छन । तर म भने विगत ४,५ वर्ष पहिला देखि पुस्तक प्रकाशन सोच र योजना भएपनि प्रकाशकको अभावमा सार्थकता र मुर्तता नपाएकोले सौजन्य गर्ने प्रकाशक पाएमा तिन चार वटा किताब प्रकाशन गर्ने रहरलाई पुरा गर्नका लागि अध्ययनलाई बल पुग्ने गरी खोज अनुसन्धान र अध्ययनमा नै लाग्ने छु । मिले छ भने सकारात्मक सोच, उत्प्रेरणामुलक विचार गोष्ठी, जिवनशैलीका विषयमा अनुशिक्षण गर्नमा खुब रहर लाग्दछ तर समय र स्थान तथा आयोजक मिलि रहेको छैन । आगामी दिनमा थप नयाँ नयाँ पुस्तकहरु अध्ययन गर्ने बानीमा निरन्तरता आओस । छोरा छोरीहरु र समाजमा लेखनशिपको बानी बसाउनमा अन्र्तक्रिया र वहसमा सहभागी हुन पाउँ भन्ने निष्कर्ष रहेको छ । यो लेख अध्ययन गर्ने महानुभावहरुबाट सकारात्मक टिप्पणी गर्ने आँटको विकास भै सम्झना,सपना र अविरल यात्रा पुस्तक पढने प्रेरणा मिलोस ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *