धौलागिरी अस्पतालका मेसुमाथि दुर्व्यवहार

आदर्श अनलाइन, बागलुङ
धौलागिरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. रविरञ्जन प्रधानमाथि अस्पताल व्यवस्थापन समितिका सदस्य कृष्ण शंकर श्रेष्ठले अभद्र व्यवहार गरेको भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङमा उजुरी परेको छ ।

बिहीबार दिउसो अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद शर्मासहितको टोली मेसु प्रधानको कार्यकक्षमा बसी अनौपचारिक छलफल गरिरहेको समयमा सदस्य श्रेष्ठले नियतवस कुटपिट गरेको, गाली बेइज्जती गरेको, अपमान र जोर जुलुम गरेको भन्दै श्रेष्ठालाई कारबाहीको माग गर्दै प्रशासनमा उजुरी परेको हो ।

आफुमाथि कुटपिट गर्ने श्रेष्ठलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ तथा प्रचलित कानुन अनुसार कारबाहीको माग गर्दै मेसु प्रधानले जिल्ला प्रशासन कार्यालय बागलुङमा उजुरी दिनु भएको हो ।

प्रमुख मेडिकल सुपरिटेण्डेन्ट (मेसु) श्रेष्ठबाट कुटिएपछि अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी बैठक बसी श्रेष्ठलाई कारबाही गर्न समेत माग गरेका छन् । श्रेष्ठले प्रधानमाथि के कारणले अभद्र व्यवहार गरे हालसम्म खुल्न सकेको छैन ।

स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गर्ने जो कोही भए पनि कानुन बमोजिमको कारबाही हुने सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।

स्वास्थ्य संस्थामा आम नागरिकको जीवन रक्षाका लागि खटिने स्वास्थ्यकर्मीमाथि स्वास्थ्य संस्थामै पुगेर हातपात गर्नु, दुर्व्यवहार गर्नु दुखद् भएको भन्दै सहायक प्रजिअ बरालले कानुनी प्रक्रिया अगाडी बढाइएको बताउनु भयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *