नयाँ वर्षमा गलकोटमा पानीमा भलिबल प्रतियोगिता !


खेमराज गौतम, बागलुङ

नयाँ वर्षमा बागलुङको गलकोटमा पानीमा भलिबल प्रतियोगिता हुँने भएको छ ।

विदेशमा सामुद्रिक किनार या पौडीपोखरीमा भलिबल खेलेपनि नेपालमा नयाँ अभ्यासका रुपमा बागलुङको गलकोटमा तीन वर्षदेखि पानीमा पानीमा भलिबल (वाटर भलिबल गेम) प्रतियोगिता आयोजना हुँदै आएको छ ।

बागलुङको गलकोटमा मङ्गलबारदेखि पानीमा खेल्ने भलिबल प्रतियोगिता (वाटर भलिबल गेम) हुँदैछ ।

गलकोट नगरपालिका–३ चिसापानीस्थित दरमखोला रेम्बो ट्राउट एग्रो रिसोर्टले प्रतियोगिता आयोजना गरेको हो । रिसोर्टमा रहेको पौडी पोखरी (स्विमिङ पुल)मा भलिबल खेलको प्रतियोगिता नयाँ वर्षको अवसरमा आयोजना गरिएको छ । २०८० चैत ३० गते र २०८१ वैशाख १ गते पानीमा भलिबल प्रतियोगिता आयोजना गरिएको दरमखोला रेम्बो ट्राउट एग्रो रिसोर्टका सञ्चालक हुम थापाले बताउनुभयो ।

दुई दिन सम्म चल्ने प्रतियोगितामा १६ भलिबल समूह सहभागी हुनेछन् । उक्त भलिबल भने पुरुष मात्रै खेल्न सक्नेछन् ।

“१५÷१६ टिमले प्रतिस्पर्धामा भाग लिने अनुमान छ, गुल्मी, ढोरपाटन र बढीगाड सम्मका खेलाडी टिम सम्पर्कमा आएका छन्”, सञ्चालक थापाले भन्नुभयो, “खेलको प्रवद्र्धनसँगै गलकोटलाई नयाँ ढङ्गबाट चिनाउन पानीमा भलिबल प्रतियोगिता राखिएको हो, उहाँले आफ्नो रिसोर्टमा पर्यटकहरुलाई आकर्षण गर्न र भलिबल लाई फरक ढंगले चिनाउन प्रतियोगिता आयोजना गरिएको हो ।”

नेपालमै पानीमा भलिबल प्रतियोगिता नौलो भएको उहाँको भनाई छ । भलिबल को अन्तराष्ट्रिय नियम अनुसारनै पानीमा भलिबल खेल्न सकिने उहाँको भनाई छ । पानीमा भलिबल खेल्नका लागि भलिबल कोट सरहकै पौडीपोखरी आवश्यक रहेको हुन्छ ।

उक्त रिसोर्टमा भलिबल कोट सरहकै पौडी पोखरी रहेकाले लगातार तीन वर्षदेखि प्रतियोगिता आयोजना गरिएको थापाको भनाई । यस पटक पानीमा भलिबल खेलेर प्रथम हुनेले रु. २५ हजार राशीको पुरस्कार प्राप्त गर्नेछन् । यस प्रतियोगिताबाट नयाँ अनुभव, सिकाइ र पानीमा खेलिने भलिबलको सम्भावना पहिल्याउन पनि सघाउ पुग्ने विश्वास लिइएको छ । रिसोर्ट परिसरमा रहेको २० मिटर लामो पौडीपोखरीमा खेल हुनेछ ।

एक टिमबाट चार जना खेलाडी स्पर्धामा उत्रनेछन् । खेल लिग प्रणालीबाट खेलाइने आयोजकले जनाएको छ । प्रतियोगितामा पहिलो हुने टिमले नगद रु. २५ हजारसहित कप र मेडल र दोस्रोले रु. १२ हजारसहित मेडल पुरस्कार पाउनेछ । टिम दर्ता शुल्क रु. दुई हजार राखिएको छ ।

तीन वर्षदेखि लगातार भइरहको भलिबल हेर्न दुई हजार दर्शक रिसोर्टमा आउने अपेक्षा गरिएको छ । यस्तै नयाँ वर्षको अवसरमा पानीमा भलिबल संगै घैटोफोर प्रतियोगिता र माछा छोप्ने प्रतियोगिता समेत राखिएको छ ।

पानीमाथी खेल्ने भलिबल प्रतियोगितामा पहिलो वर्ष १७ समूह, दोस्रो वर्ष १३ समूह सहभागी भएका थिए भने अहिले १५ समूह भन्दा बढी समूह सहभागी हुँने अपेक्षा गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *