दाताको भरमा मानव सेवा आश्रम


खेमराज गौतम, बागलुङ

पछिल्लो समय मानव सेवा आश्रम बागलुङमा आश्रीत सहयोगापेक्षी तथा बेसहारा सडकमानहरुको संख्यामा वृद्धि भएको छ ।

दाताको भरमा चल्दै आएको आश्रममा आश्रीतको संख्या बढ्दै गएपछि आवास व्यवस्थापनका लागि समस्या भएपछि केही आश्रीतहरुलाई पोखरा शाखामा पु¥याइएको छ ।

एक साता अघि मात्रै मानव सेवा आश्रमबाट ११ जना आश्रीतहरुलाई मानवसेवा आश्रम पोखरा शाखामा स्थानान्तरण गरिएको छ ।

पुण्य तीथि, जन्मदिन, चौरासी पुजा र व्रर्तबन्धन जस्ता सामाजिक तथा धार्मिक कार्यको अवसरमा प्रदान गरेको खाद्यन्न र नगदबाट धानिदै आएको मानव सेवा आश्रममा पछिल्लो समय आश्रीतको संख्यामा समेत वृद्धि भएपछि आवासको समस्या देखिएको छ ।

बागलुङ नगरपालिका–३ स्थित अस्थायी टहरामा सञ्चालित बागलुङ शाखा साँघुरो भएपछि एक हप्ता अघि मात्रै पाँच महिला र ६ पुरुषलाई पोखरा शाखामा स्थानान्तरण गरिएको मानव सेवा आश्रम बागलुङ शाखाका संयोजक विपना तामाङले जानकारी दिनुभयो ।

“अहिले सञ्चालित मानव सेवा आश्रम साँघुरो भइरहेको छ, नयाँ भवन बागलुङ नगरपालिका–४ निरयघाटमा बनिरहेको छ, तर तत्कालका लागि आवास असुविधा भएर ११ जनालाई पोखरा पठाएका छौं” तामाङले भन्नुभयो “बागलुङमा अहिले सम्म आश्रमले खाद्यन्न खरिद गर्न परेको छैन, यहाँका सहयोगीदाताहरुको भरमा आश्रम सञ्चालीत छ, अहिले सम्म आश्रममा जन्मदिन, पुण्य तिथि र विभिन्न सामाजिक कार्यमा प्राप्त हुने खाद्यन्न तथा नगद सहयोगले आश्रममा पुगेको छ ।” आश्रममा रहेका आश्रीतहरुको औषधी उपचारका लागि भने अहिले समस्या भइरहेको आश्रले जनाएको छ ।

अहिले मानव सेवा आश्रम, बागलुङ शाखामा ४२ जना सहयोगापेक्षी बेसहारा सडकमानवहरूलाई आश्रीत दिएको आश्रमले जनाएको छ । जसमध्ये सबैभन्दा बढी बौद्धीक र शारिरिक अपाङ्गता रहेका छन् ।

अहिले भवन निर्माणका लागि बागलुङका १० पालिका र गण्डकी प्रदेश सरकारबाट समेत सहयोग आइरहेको छ । बागलुङ नगरपालिका–४ निरयघाटस्थित आश्रम निर्माणले गति लिइसकेको छ । आश्रम भवन निर्माणपछि आश्रममा धेरै भन्दा धेरै सहयोगापेक्षी बेसहारा सडकमानवहरूलाई आश्रीत गर्न सकिने छ ।

२०७३ सालमा स्थानीय पाँच जनाको पहलमा शुरु भएको मानव सेवा आश्रम बागलुङ शाखाले अहिले व्यापकता पाउदै छ । आश्रमले अहिले आफ्नै सुविधा सम्पन्न निर्माण गरिरहेको छ । अहिले आश्रममा विभिन्न व्यक्ति तथा संघ संस्थाले नियमित रुपमा सहयोग गरिरहेका छन् । आश्रम मुठ्ठीदानबाट सञ्चालित छ । बागलुङ नगरपालिकाको पहलमा जग्गा व्यवस्थापन गरी सात रोपनी जग्गामा अहिले आश्रमको भवन बनिरहेको आश्रमका अभिभावक ओम बहादुर खड्काले बताउनुभयो ।

खड्काले बागलुङबासीको माया र सद्भावका कारण नै आश्रमले फड्को मादै आफ्नो क्षमता बढाइरहेको बताउदै आफ्नै भवन समेत तिब्र गतिमा बनिरहेको बताउनुभयो ।

२०७३ सालमा बागलुङमा स्थापना भएको मानव सेवा आश्रमले अहिले आफ्नै सुविधा सम्पन्न भवन निर्माण गरिरेको छ । आश्रमले बागलुङ नगरपालिका–४ निरयघाटमा रु. १२ करोड लागतमा दुई वर्षदेखि सुविधा सम्पन्न भवन निर्माण गरिरहेको छ ।

भवनको अहिले ‘बि’ ब्लकको दुई तला र ‘सि’ ब्लक भवनको दुई तला र ‘ए’ ब्लक भवनको पहिलो तला निर्माण भइसकेको खड्काले बताउनुभयो । मानव सेवा आश्रमले आर्थिक वर्ष २०७८÷०७९ सालमा गण्डकी प्रदेश सरकार, स्थानीय पालिका र विभिन्न व्यक्ति तथा संस्थाहरुबाट संकलित रु. ९८ लाख ४६ हजार संकलन गरेर भवन निर्माणमा खर्च थियो भने आर्थिक वर्ष २०७९÷८० मा गण्डकी प्रदेशबाट रु. ५० लाख, बागलुङ नगरपालिकाबाट रु. ८ लाख, जैमिनी नगरपालिकाबाट रु. एक लाख ५० हजार, बडिगाड गाउँपालिकाबाट रु. १२ लाख, ताराखोला गाउँपालिकाबाटरु. १२ लाख, बरेङ गाउँपालिकाबाट रु. ६ लाख, बेनी नगरपालिकाबाट रु. चारलाख र गलकोट नगरपालिका बाट रु. ५ लाख बजेट बिनियोजन भएर काम भइरहेको छ ।

गण्डकी प्रदेश सरकारबाट भवन निर्माण नसकिदासम्म निरन्तर रुपमा रु. ५० लाख बिनियोजन भइरहेको आश्रमले जनाएको छ । आश्रमले भवन निर्माणमा मात्रै सरकारी निकाय र दाताहरुको सहयोगबाट रु. तीन करोड बढी रकम खर्च गरिसकेको छ । केही वर्षमै आश्रमले आश्रमले सुविधा सम्पन्न भवन, तालिम हल, योगा कक्ष, नर्सीङ सेन्टर, पार्कीङ तथा प्राङ्गण निर्माण गर्नेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *