उदाहरणीय डिलमाया : सफल महिला उद्यमी, जिल्लादेखि केन्द्रसम्म नेतृत्व

अमृत बास्कुने, म्याग्दी

पछिल्लो समय पुरुष मात्र होइन्, महिलाहरु पनि पुरुषकै हाराहारीमा विदेशिन थालेका छन् । नेपालमा रोजगारी छैन, विदेशमा रोजगारी मात्र होइन् छोटो समयमै टन्नै पैसा कमाई हुन्छ भन्ने महिलाहरु पुरुषकै तुलनामा बढिरहेका छन् । तर, नेपालमै महिलाको लागि मात्र होइन् पुरुषको लागि पनि मेहेनत गरे सफल भइन्छ भन्ने उदाहरणीय महिलाको भने कमी छैन ।

त्यस्तै उदाहारण मध्येकी एक हुनुहुन्छ म्याग्दीकी डिलमाया घताने गुरुङ । बेनी बजारको बैंकरोड स्थित गणेशटोलमा गुरुङको ‘नमुना ढाका उद्योग’ छ । स्याङजामा जन्मिएकी गुरुङ म्याग्दीको मालिकाक गाउँपालिका–७ ओखरबोटमा विवाह गरि आउनुभएको थियो ।

२०६४ सालमा हाते कपडा बुनाई तालीम लिएपछि डिलमायाले म्याग्दीमा ढाका उद्योग सञ्चालन गर्नुभएको थियो । अहिले उहाँको उद्योगमा उहाँजस्तै ६ जना महिलाले रोजगारी पाएका छन् ।

उहाँको उद्योगमा ३ जना महिलाले झोला बुन्ने एक जना महिलाले स्वेटर बुन्ने एक महिलासँगै डिलमायाले गरी ५ जना महिलाले रोजगारी पाएका छन । उहाँले थालेको व्यवसायमा उहाँसँग मिलेका महिलाहरु पनि सन्तुष्ट छन् ।

पूर्ण रुपमा स्थानीय अनि हातैले बुनेर हुने उत्पादनबाट काम गर्नेहरु पनि सन्तुष्ट रहेको डिलमायाको भनाई छ । उहाँकोमा काम गर्नेहरु न्यूनतम १८ देखि अधिकतम २५ हजार रुपैयाँ सम्म मासिक आम्दानी गर्ने गरेको उहाँको भनाई छ । उहाँको उद्योगमा काम गर्नेहरु कामको आधारमा आम्दानी गर्छन्, तर मासिक १८ हजारभन्दा कम आम्दानी नहुने र अधिकत २५ हजार रुपैयाँ सम्म आम्दानी गर्ने गरेको डिलमायाको भनाई छ ।

हाल मागको आधारमा उत्पादन गर्ने काम भै रहेको उहाँको भनाई छ । राष्ट्रिय लघु उद्यमी महासंघकी केन्द्रीय उपाध्यक्ष समेत रहनुभएकी डिलमायाको म्याग्दी ढाका उद्योगबाट ढाकाको स्वेटर, झोला, राडी, पाखी, अल्लोको कपडा, उनीको झोला उत्पादन हुने गरेको छ ।

महिला तथा पुरुषहरुले प्रयोग गर्ने पर्स, हाते झोलाको माग उच्च हुने उहाँको भनाई छ । नेपालको धेरै स्थानमा गएर झोला तथा कपडा बुनाइ तालिम समेत दिनेगर्नु भएकी घतानेले अहिले भने आफ्नै व्यवसायमा व्यस्त हुनुहुन्छ । एक छोरा र एक छोरीकी आमा उहाँले सन्तान हुर्काउने बढाउने पनि यही पेशाबाटै गरेको सुनाउनुहुन्छ ।

म्याग्दी उद्योग बाणिज्य संघ अन्तरगतको महिला उद्यम विकास समिति म्याग्दीकी कोषाध्यक्ष समेत रहनुभएकी डिलकुमारीले उत्पादन गरेका सामग्रीको राम्रो बजार पाएको म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालको भनाई छ । उत्पादनले बजार नपाएको भन्ने छैन, यदी बजार पाएन भने पनि उद्योग बाणिज्य संघले उचित व्यवस्थापन गर्नेछ उहाँले भन्नुभयो ।

स्थानीय उत्पादनलाई नै मुख्य व्यवसाय बनाउनु भएकी उहाँले म्याग्दी कारागारका कैदी बन्दीले उत्पादन गरेका मुडाको पनि बिक्री गर्ने गर्नुभएको छ । बागलुङ तथा म्याग्दी कारागारबाट ल्याएका मुडाको पनि राम्रै विक्री वितरण हुने गरेको उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *