मानव सेवा आश्रमका लागि बागलुङमा सांगीतिक साँझ

आदर्श अनलाइन,बागलुङ

जिल्लामा सञ्चालित मानव सेवा आश्रमलाई सहयोग गर्नका लागि बागलुङ बजारमा सांगीतिक साँझ गरिने भएको छ ।

मानव सेवा आश्रममा रहेका वेसहारा तथा असहायहरुको पालन पोषणमा सहयोग पु¥याउने उद्देश्यका साथ गलकोट युथ ग्रुपले यही फागुन १० गते सांगीतिक साँझ आयोजना गरेको हो ।

कार्यक्रमबारे सोमबार बागलुङ बजारमा पत्रकार भेटघाटको आयोजना गरि जानकारी दिएको छ ।
मानव सेवा आश्रमको पवित्र कर्ममा साथ दिन स्वतस्फूर्त रुपमा गलकोटका युवाहरु संगठित भएर सहयोगका लागि साँगीतिक कार्यक्रमको आयोजना गरिएको गलकोट युथ ग्रुपका संयोजक प्रकाश कार्कीले जानकारी दिनुभयो । ‘मानव सेवा आश्रमलाई सहयोग गर्नका एक दिने संगितिक साँझ गर्दैछौं’ कार्कीले भन्नुभयो,‘सांगीतिक साँझमा लाग्ने खर्च प्रायोजनबाट व्यवस्थापन गर्दैछौ, टिकट मार्फत संकलित सबै रकम मानव सेवा आश्रमलाई हस्तान्तरण गर्नेछौ ।’

सांगीतिक साँझमा बागलुङको गलकोट क्षेत्रबाट उदाएका चर्चित कलाकारहरु विष्णु खत्री, बसन्त थापा, श्रीकृष्ण बम मल्ल, थानेश्वर गौतम, इश्वर सिंह, लक्ष्मी मल्ल, जिवन शाहनी लगायतका कलाकारको सांगीतिक प्रस्तुती रहनेछ । कलाकारहरुले निशुल्क रुपमा प्रस्तुति दिनेछन् । कार्यक्रममा १ हजार र ५ सय रुपैयाँ टिकटको व्यवस्था गरिएको छ ।

आश्रमलाई सुव्यवस्थित हिसावले सञ्चालनमा सहयोग र यस अभियानमा लागेकाहरुलाई थप उत्साह प्रदान गर्न कार्यक्रम आयोजना भएकाले सबैलाई सहयोग गरिदिन आश्रमका अभिभावक राम शर्माले आग्रह गर्नुभयो ।

सांगितिक साँझमा हृदयविदारक नाटक लौरी र मानव सेवा आश्रमका केद्रिय अध्यक्ष रामजी अधिकारीले सकरात्मक सोच, परोपकार सम्वन्धि उत्प्रेरणात्माक प्रवचन दिने मानव सेवा आश्रमका संयोजक शिव खड्काले जानकारी दिनुभयो ।

सांगीतिक कार्यक्रममा यातायात, साउण्ड, मञ्च, टिकट व्यवस्थापन, प्रचार प्रसार कार्यका लागि स्वदेश तथा विदेशबाट प्रायोजन आइरहेको आश्रमका अभिभावक शिव केसीले जानकारी दिनुभयो । सांगीतिक साँझबाट आउने रकमबाट मानव सेवा आश्रमको पूर्वाधारको काम गर्ने योजना बनाइएको आश्रमका अभियन्ता सुमिरा लामाले बताउनुभयो । पत्रकार सम्मेलनको सञ्चालन गलकोट युथ ग्रुपकी सनम क्षत्रीले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *