म्याग्दीका चार स्थानीय तहका सबै बालबालिकाले लगाए पूरा खोप

आदर्श अनलाइन, म्याग्दी
हिमाली जिल्ला म्याग्दीका चार वटा स्थानीयतहका बालबालिकाले पूर्ण खोप लगाएपछि पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ ।

छ वटा स्थानीयतह रहेको म्याग्दीका धवलागिरी गाउँपालिका, मंगला गाउँपालिका, रघुगंगा गाउँपालिका र बेनी नगरपालिकाका सबै बालबालिकाले पूर्ण खोप लगाए सँगै खोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गरिएको छ । बालबालिकाले जन्मेदेखि १५ महिना भित्र लगाउनु पर्ने सबै खोप लगाएपछि पूर्ण खोप शुनिश्चिताको प्रमाणपत्र प्रदान गर्दै पूर्ण खोप शुनिश्चितताको घोषणा गरिने गरेको जिल्ला खोप समन्वय समितिका सदस्यसचिव एवम् स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख भुवन ठकुराठीले बताउनुभयो । उहाँले बाँकी रहेका अन्नपुर्ण गाउँपालिका र मालिका गाउँपालिकालाई पनि पूर्ण खोप शुनिश्चितता घोषणा गरे पछि जिल्लालाई नै पूर्ण खोप शुनिश्चिता घोषणा गरिने बताउनुभयो ।

शुक्रबार बेनी नगरपालिकालाई जिल्ला खोप समन्वय समितिले पूर्ण खोप शुनिश्चितताको प्रमाणपत्र प्रदान गरेको छ । जिल्ला खोप समन्वय समितिले गरेको भेरिफाइ पछि पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गरिएको जिल्ला खोप समन्वसय समितिका प्रमुख एवम् जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले बताउनुभयो । मुलुकले बालबालिकाको खोपका लागि निकै ठूलो रकम खर्चिएको बताउँदै उहाँले भन्नु भयो बालबालिका नछुटुन भनेर खोप प्रयोग गर्दै गर्दा ठूलो परिणाममा खोप खेरजाने समस्या रहेको छ । एउटा खोप केन्द्रमा एक जना मात्रै बालबालिका भए पनि खोप लगाउनका लागि खोल्नु पर्ने र एक डोज प्रयोग भएपछि अरु खेर जाने समस्या भएको उहाँको भनाई छ ।

राष्ट्रिय खोप तालिका अनुसार १६ देखि ५९ महिना उमेर समूहका बालबालिकाहरुले तोकिएको सबै खोप लगाएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो । बालबालिकाले विसीजी, डिपिटि, पोलियो, दादुरा, रुवेला, जेई लगायत १३ प्रकारका खोपको पूर्ण मात्रा पाएको उहाँले बताउनुभयो । नगरपालिका भित्रका सबै बालबालिकाले आफ्नो अधिकारमा पर्ने सबै खोप लगाइ सकेको उहाँको भनाई छ ।

बेनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत चन्दन सुवेदीले नगरपालिका भित्रका २६ वटा खोप केन्द्रबाट नियमित खोप कार्यक्रम सञ् चालन भै रहने बताउनुभयो । उहाँका अनुसार हाल १६ महिना देखि ५९ महिनाका एक हजार दुई सय ६४ बालबालिकाले पूर्ण खोप पाएका छन् । हाल १५ महिना मुनिका चार सय ५९ बालबालिकाले बेनी नगरपालिकाका २६ वटा खोप केन्द्रबाट खोप सुविधा लिइ रहेको उहाँको भनाई छ । बेनी नगरपालिकाको वडा नम्बर ७ मा खोपकेन्द्र राखिएको छैन भने सबै भन्दा धेरै खोप केन्द्र वडा नम्बर ९ मा पाँच वटा रहेको जनस्वास्थ्य अधिकृत सुवेदीले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *