पर्वत समाज कतारको साधारण सभा सम्पन्न

आदर्श अनलाइन, कतार

पर्वत समाज कतारको वार्षिक साधारण सभा विविध साँस्कृतिक कार्यक्रम सहित सम्पन्न भएको छ ।

शुक्रबार दोहामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दे नेपाली राजदुतावास कतारका प्रथम सचिव कृष्ण कुमार सुवेदीले कतारमा रहेका नेपालीको काम गर्नको लागी नै दुतावास खुलेको भन्दै आफुहरु सदैव सेवामा तयार रहेको बताउनुभयो ।

सुवेदीले कतारमा ठुलो संख्यामा नेपाली रहेपनि दुतावासमा कर्मचारी पर्याप्त नहुँदा केही कठिनाई भएपनि सेवालाई सहज बनाउन प्रयत्नरत रहेको बताउनु भएको थियो ।

पछिल्लो समय राहदानीको फाराम भर्न समस्या भैरहेको गुनासो प्रती लक्षीत गर्दै उहाँले फारामको लागि सल्ट खोल्ने र बन्द गर्ने काम परराष्ट्रले गर्ने र कतार स्थित दुतावासको लागि एक दिनमा २ सय सल्ट खुल्ने भएपनि झण्डै दोब्बर फाराम बुझदै आएको बताउनु भयो ।

सिमित स्रोत र साधनका साथमा अधिकतम सेवा प्रवाह गर्ने प्रयाश गर्दा गर्दै पनि दुतावासलाई लक्षित गरी आउने टिका टिप्पणीले कर्मचारीको मनोवलमा असर पार्ने गरेको सुवेदीले बताउनुभयो ।
नेपालीहरु कतारमा भएकै कारण उनिहरुकै सेवाका लागि दुतावास रहेको भन्दै प्रथम सचिव सुवेदीले रचनात्मक सल्लाह र सुझाव सहित मिलेर काम गर्न आह्वान गर्नुभयो ।

विभिन्न संघ संस्थाहरुले अनावश्यक र खर्चिला कार्यक्रम आयोजना गर्ने र विषय वस्तु भन्दा बाहिर गएर छलफल हुने गरेको पाइएको भन्दै उहाँले यसतर्फ सचेत हुन आग्रह गर्नुभयो ।
सहि व्यवस्थापनका साथ कार्यक्रम नगर्दा समय र अर्थ दुवैको वर्वाद भएको भन्दै उहाँले उद्देश्य केन्द्रीत भएर निश्चित कार्यक्रम गर्न आग्रह गर्नुभयो ।

पर्वत समाज कतारले अक्षयकोष स्थापना गरेकोमा प्रशंसा व्यक्त गर्दे कोषको सञ्चालन र त्यसको पारदर्शीताका लागि सचेत रहन सुझाव दिनुभयो ।

कतारमा रहेका जिल्ला संस्थाहरु मानविय सेवामा सदैव अग्रस्थानमा रहेकोमा खुशी व्यक्त गर्दे उहाँ सामाजिक संस्थाले कामसँगै आर्थिक क्रियाकलापका रेकर्ड सहि तरिकाले राख्नुपर्ने बताउनुभयो ।

पर्वते राजाले परिचित लोकदोहरी गायक आर.सी पौडेल तथा गैरआवासीय नेपाली तारा–३ का विजेता रुस्तम तामाङ, नृत्य विधामा प्रथम नृत्याङगाना निरु श्रेष्ठ सहित डेढ दर्जन कलाकारको प्रस्तुती रहेको कार्यक्रममा कतारमा स्थापित संघ संस्थाका प्रमुख एवं प्रतिनिध, समाजसेवी, व्यवसायी, कलाकार एवं पर्वतेलीको बाक्लो उपस्थिति रहको थियो ।

कार्यक्रममा पर्वत समाज कतारका संस्थापक अध्यक्ष प्रताप गिरिले दुई दशक अगाडी कठिन परिस्थितीमा स्थापना गरिएको संस्थालाई निरन्तरता दिएर उचाईमा पुर्याएकोमा सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

सो अवसरमा बहुदेश्यीय अक्षयकोषको बारेमा जानकारी गराउँदै अक्षकोषका सचिव सन्तोष क्षत्रीले प्रवासमा कार्यरत तथा वैदेशिक रोजगारीबाट फर्केका पर्वतेलीलाई सहयोग गर्ने तथा पर्वत जिल्लाका विभिन्न सामाजिक एवं शैक्षिक संस्थाको भौतिक संरचनाहरुको पुःन निर्माण तथा अन्य कार्यमा सहयोग पुर्याउँने बताउनु भयो । सो अवसरमा क्षत्रीले अक्षयकोषको लागि घोषणा गर्ने दिनसम्म २५ लाख बढि सहयोगको प्रतिबद्धता आएको जानकारी दिनुभयो ।

संस्थाका अध्यक्ष रघुनाथ शर्माको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका संरक्षक छविलाल भट्टराई, प्रमुख सल्लाहकार श्याम न्यौपाने, गैर आवासीय नेपाली संघका सचिव रोशन अर्याल, समाजसेवी सागर नेपाल लगाएत कतारमा स्थापित विभिन्न बैचारीक एवं समाजिक संघ संस्थाका प्रमुख एवं प्रतिनिधिले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

बरिष्ठ उपाध्यक्ष आनन्द जिसिले स्वागत गरेको कार्यक्रममा संस्थाको प्रगती प्रतिवेदन सचिव भरत मल्ल ठकुरीले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष सुवास जिसिले प्रस्तुत गर्नुभएको थियो भने सञ्चालन सचिव भरत मल्ल ठकुरीले गर्नुभएको थियो ।

सन् २००३ मा “निस्वार्थ सेवामा, हाम्रो पर्वत राम्रो पर्वत” भन्ने मुल नारा सहित स्थापीत संस्थाले कर्मभुमीमा समस्यामा परेका पर्वतेली तथा गैर पर्वतेली एवं मातृभुमीमा विभिन्न समयमा आउने विपत्तीमा सहयोग गर्दे आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *