पत्रकार महासंघ म्याग्दीको साधारणसभा

आदर्श अनलाइन, म्याग्दी
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको निर्णय बमोजिमको निर्देशानुसार नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले आठौं साधारण सभा शुक्रबार सम्पन्न गरेको छ ।

बेनी नगरपालिका–७, बिरेन्द्रचोकमा रहेको आफ्नै भवनमा आयोजित साधारणसभाको नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्माले उद्घाटन गदैं गण्डकी प्रदेशभित्र म्याग्दी शाखाले संस्थागत विकासमा खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियो । उहाँले नेपाली पत्रकारहरुको छाता संगठन पत्रकार महासंघले श्रमजिविको हक हितका लागि लाग्नु पर्नेमा जोड दिनुभएको थियो ।

साधारणसभामा महासंघको केन्द्रिय प्रतिनिधि पूर्व केन्द्रिय सदस्य हरिनारायण गौतम, महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुबेदीले पत्रकारहरूको संस्थागत विकासमा केन्द्रित हुनुपर्ने भन्दै पत्रकारिताको क्षेत्रमा देखिएका समस्या समाधानमा पत्रकारको साझा धारणा हुन्ुपर्ने बताउनुभएको थियो ।

पत्रकारिताको नाममा विभिन्न पेशा ब्यवसायमा संलग्नहरू सक्रिय भएकाले बिशुद्ध पत्रकारितामा लागेकाहरुलाई मात्रै सदस्यता दिनुपर्ने र शुद्धिकरण अभियानलाई सफल बनाउन सबै क्षेत्रबाट सक्रिय हुनुपर्नेमा जोड दिइएको थियो । साधारणसभाको अवसरमा म्याग्दीलाई हिमाली जिल्लामा सुचिकृत गरिएपनि कार्यान्वयन नभएको, सञ्चारगृह सञ्चालन, न्यू मिडियाको नाममा फेक समाचार, सामाजिक सञ्जालबाट हुने गलत गतिविधिको नियन्त्रण तथा पत्रकारिताको अवसर, चुनौती र देखिएका समस्या लगायतका विषयमा सम्बन्धित निकायसँग समन्वयको आवश्यकता रहेको बताइएको थियो ।

पत्रकार महासंघ गण्डकी प्रदेशका बरिष्ठ उपाध्यक्ष दिपक भट्टराई लगायत महासंघका साधारण सदस्यको उपस्थिती रहेको साधारणसभा नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले गर्नुभएको थियो । उपाध्यक्ष हरिकृष्ण गौतमको स्वागत, कोषाध्यक्ष अमित विश्वकर्माको आर्थिक प्रतिवेदन र सञ्चालन सचिव सन्तोष गौतमले गर्नुभएको थियो । पत्रकार महासंघको गण्डकी प्रदेशका ११ जिल्लामा साधारणसभा गर्ने म्याग्दी पहिलो शाखा हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *