जेसीज गाउँ भकुण्डेमा डस्विन वितरण

आदर्श अनलाइन, बागलुङ

बागलुङ जेसीजले जेसीज गाउँ भकुण्डेका बिभिन्न स्थानमा फोहोर संकलनका लागि डस्विन बितरण गरेको छ ।

पर्यटन प्रवद्र्धनका लागि पैदलयात्रा सहित बानपा १० भकुण्डेको बिभिन्न स्थानमा पुगी १७ वटा फोहोर संकलन गर्ने डस्विन वितरण गर्नुका साथै युवाहरुलाई जेसीजका वारेमा सहजीकरण गरिएको थियो ।

जेसीजले चौतारेडाँडा मावि, भैरव मावि, स्वास्थ्य चौकी, वडा कार्यालय, स्मृति पार्क, बराह ताल दहका लागि डस्विन बितरण गर्नुका साथै स्थानिय युवाहरुलाई जेसीजका बारेमा जानकारी गराएको थियो ।

सो अवसरमा किरण बोहोरा सयोजक, नविन थापा, गोपाल बोहोरा, अमिर बोहोरा र नविन बोहोरा सदस्य रहेको ५ सदस्यीय जेसीज गाउँ समन्वय समिति पनि गठन गरिएको बागलुङ जेसीजका महासचिव ताराप्रसाद शर्माले जानकारी दिनुभयो ।

कार्यक्रममा बागलुङ जेसीजका पूर्व अध्यक्ष सुदिप राजभण्डारी, बर्तमान अध्यक्ष गणेश महतो र उपाध्यक्ष बलराम कँडेलले सहजिकरण सहित मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा भैरव मावि व्यवस्थापन समितिका अध्यक्ष खिमबहादुर थापा, चौतारे डाँडा मावि व्यवस्थापन समितिका अध्यक्ष रविलाल किसान, लायन्स क्लव अफ बुलुसिपका संस्थापक अध्यक्ष इन्द्र थापा, बिद्यालयका पूर्व प्रधानाध्यापक रेशमलाल शर्मा, टोल व्यवस्थापन समितिका संयोजक निरबहादुर थापाले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम अमर थापाको स्वागत र महासचिव ताराप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो । साथै बागलुङ जेसीजले आफ्नो चौथो बोर्ड बैठक बराहताल परिषरमा सम्पन्न गरेको पनि जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *