जिल्ला सहकारी संघ नवलपुरको अध्यक्षमा पराजुली

आदर्श अनलाइन, बागलुङ
जिल्ला सहकारी संघ लिमिटेड नवलपुरको ४० औं वार्षिक साधारणसभाबाट किसान साकोसका तिलक पुराजुली सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनु भएको छ ।

नवलपरासी जिल्ला विभाजनपछि नवलपुर जिल्ला सहकारी संघको रुपमा पहिलो निर्वाचन प्रक्रियाबाट संघको उपाध्यक्षमा विकु साकोसका इन्द्रराज ज्योती पौडेल, महिला उपाध्यक्षमा मिलीजुली महिला बहुउद्देश्यीय सहकारीका खिना कुमारी न्यौपाने भुषाल, सचिवमा अमर साकोसका श्यामसुन्दर लामिछाने, सहसचिवमा कालीगण्डकी साकोसका विन्दु अधिकारी र कोषाध्यक्षमा विजय सामुदायिक शिक्षा सहकारीका टिकाराम कंडेल निर्वाचित हुनु भएको छ ।

सञ्चालक समितिका सदस्यहरुमा जिल्ला कृषि सहकारी संघका देवकी कुमारी भण्डारी, नवप्रतिभा साकोसका राम प्रसाद काफ्ले, कृष्ण गण्डकी साकोसका ऋषिराम पौडेल, गण्डकी साकोसका बाबुराम खनाल, उज्यालो साकोसका हरिप्रसाद ढुंगाना, लालिमा कृषि सहकारीका मनहरी शर्मा पौडेल, माहाराजा साकोसका देवीसरा पुलामी, अरुण ज्योती सामाजिक महिला उद्यमी सहकारीका धनमाया लामा र महिला कल्याण बहुउद्देश्यीय सहकारीका रत्नमाया विश्वकर्मा निर्वाचित हुनु भएको छ ।

लेखा सुपरीवेक्षण समितिका संयोजकमा सिर्जनशिल साकोसका छविलाल अर्याल तथा सदस्यहरुमा महिला कल्याणकारी साकोसका कुमारी रेखा पौडेल र कावासोती बहुउद्देश्यीय सहकारीका कृष्णराज सिग्देल रहनु भएको छ ।

पुस ३० गते सम्पन्न साधारणसभाको बन्द सत्रका सहभागीहरुले जिल्ला सहकारी संघको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिमा सर्वसम्मत नेतृत्व चयनका लागि निर्वाचन उपसमितिलाई अधिकार प्रत्यायोजन गरेको थियो । निर्वाचन उपसमितिले साधारणसभाले दिएको अधिकार प्रयोग गरी सर्वसम्मत रुपमा सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति घोषणा गरेको निर्वाचन उपसमितिले जनाएको छ ।

निर्वाचन उपसमितिको संयोजकमा गोपाल गौतम संयोजक तथा सदस्यहरुमा केशव प्रसाद सापकोटा र हिममाया तिमिल्सिना सिग्देल रहनु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *