नगरबस दुर्घटना हुँदा तीन जना गम्भिर घाइते

आदर्श अनलाइन, पोखरा
पोखरामा ३० जना सवार नगरबस दुर्घटना भएको छ ।

पोखराबाट पुम्दीभुम्दीतर्फ जाँदै गरेको नगरबस आज दुर्घटना हुँदा ११ जना घाइते भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी शिव पाठकले जानकारी दिए ।

‘पोखराबाट पुम्दीभुम्दी जाँदै गरेको ग १ ख ८५८५ नम्बरको बस घुम्तीमा ब्याक हुँदा दुर्घटना भएको भन्ने छ’, सूचना अधिकारी पाठकले भने, ‘घाइतेको उद्धार भइसकेको छ, थप उपचारका लागि पोखरा ल्याइँदै छ, बसमा सवार ३० जना सवार थिए भन्ने बुझिएको छ ।’

बसमा सवार ३० जना मध्य ११ जना घाइते भएका छन्, घाइते तीन जनाको अवस्था गम्भिर रहेको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *