स्थापना दिवसको अवसरमा लोकदिपको स्वास्थ्य शिविरबाट दुई सय बढी लाभान्वित


आदर्श सञ्चार, म्याग्दी

लोकदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो स्थापनाको ११ औँ वर्षगाँठको अवसरमा आयोजना गरेको स्वास्थ्य शिविरबाट दुई सय भन्दा धेरै शेयरसदस्यहरु लाभान्वित भएका छन् । संस्थाका सेयर सदस्यलाई लक्षित गरी आयोजना गरिएको स्वास्थ्य परीक्षण शिविरमा सुगर, प्रेसर तथा दाँतको चेकजाँच गरिएको थियो । उक्त शिविरमा दुई सय नौ जनाले स्वास्थ्य सेवा लिएको संस्थाका प्रवन्धक नेत्रराज सुवेदीले जानकारी दिनुभयो ।

जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्कीले वित्तिय सेवामात्रै नभई सहकारीले सेयर सदस्य लक्षित गतिबिधिहरु पनि गर्नु पर्ने बताउनुभयो । उहाँले सामाजिक कार्यमा केन्द्रीत भएर अगाडी बढ्नु पर्नेमा जोड दिँदै स्वास्थ्य, शिक्षा, तालिम तथा गोष्ठिलाइ पनि ध्यान दिएको खण्डमा सहकारी संस्था पनि शेयर सदस्यहरुको लगाब अझै बढ्ने तर्क गर्नुभयो ।

‘सेयर सदस्यको हितमा काम गरिरहेका सहकारी सधै बलियो हुन्छ, सेवामुलक र वित्तिय साक्षरतामार्फत सहकारीप्रतिको भ्रम चिर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले सहकारीका सञ्चालन तथा कर्मचारी इमान्दार हुनुका साथै शेयर सदस्यहरु चनाखो भएको सहकारी कहिल्यै कमजोर अवस्थामा नपुग्ने भएकाले सहकारीका सेयर सदस्यको समेत आफ्नो चनाखोपनलाई अझै अगाडी बढाउँदै निगरानीलाइ पनि बढाउनु पर्नेमा जोड दिनुभयो ।

स्वास्थ्य शिविरमा सुगर, प्रेसर र दाँतको चेकजाँच तथा अन्य स्वास्थ्य समस्याका बारेमा समेत परीक्षण गििरएको थियो । शिविरमा बेनी अस्पतालका मेडिकल अधिकृत डा. गोविन्द पोख्रेल, कोर स्माईल डेन्टल क्लिनिकका डा. मोचन श्रेष्ठ र बेनी अस्पतालमा ल्याब टेक्निसियन सिताराम श्रेष्ठले चेकजाँच गर्नुभएको थियो । लोकदिप सहकारीका उपाध्यक्ष देबेन्द्र पौडेल, सञ्चालन सचिव अर्जुन पौडेलले गर्नुभएको थियो भने कार्यक्रममा स्वागत सह–सचिव गोविन्द रिजालले गर्नुभएका थियो ।

सहकारीले स्थापना दिवसको अवसरमा बेनी अस्पतालमा रक्तदान, बालगृहका बालबालिकालाई सहयोग गर्नुका साथै सहकारी सदस्य केन्द्रित विभिन्न कार्यक्रमहरु सञ्चालन गरी रहेको सहकारीका प्रबन्धक नेत्रराज सुबेदीले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *