नौमती बाजा बजाउन सिकाउदै बागलुङ नगरपालिका


खेमराज गौतम, बागलुङ

बागलुङका आमाहरुले नौमती बाजा बजाउन थालेका छन् । एक दर्जन महिलाहरुले बाजा बजाउन अहिले नियमित तालिम लिइराखेका छन् ।

बागलुङ नगरपालिकाको सहयोग र देउरालीचोक आमा समूहको अग्रसरमा यहाँका एक दर्जन आमाहरुले अहिले प्रशिक्षकबाट बाजा बजाउन सिकिरहनुभएको छ । उनिहरुले एक महिनासम्म बाजा बजाउन सिक्ने छन् ।

आमाहरुले चैत १ देखि नियमित रुपमा बाजा बजाउन सिकिरहनुभएको हो । घरधन्दामा मात्रै सिमित महिलाले सयमको व्यवस्थापन गर्दै बाजा सिक्न थालेका हुन् । हिजोआज पुरुषलेनै बाजा बजाउन छोडेको सन्दर्भमा महिला आमा समूहले बाजा बजाउनका लागि सिक्न थालिएको देउरालीचोक आमा समूहले जनाएको छ ।

देउरालीचोकी आमा समूहको अग्रसरतामा नौमती बाजा बजाउन थालेका हुन् । विवाह, ब्रतबन्ध र सार्वजनिक कार्यक्रममा मौलिक बाजाको माग आइरहेको र युवा पुस्तामा बाजा बजाउने पेशा संकटमा परेको भन्दै संरक्षण संगै आम्दानी गर्नका लागि बजा बजाउन सिक्न थालिएको देउरालीचोक आमा समूहका अध्यक्ष सरिता थापा मगरले बताउनुभयो ।

“आमा समूह आय आर्जन संग जोडीन आवश्यक छ, अहिले देउरालीचोक आमा समूह अन्र्तगत अधिकांश आदिवासी जनजाती समूहका महिलाहरु ५० जना संगठित छौं, पहिलो चरणमा एक दर्जन महिलाहरु नौमती बाजा बजाउन सिकिरहनुभएको छ” थापाले भन्नुभयो “बागलुङ नगरपालिकाले प्रदान गरेको रु. एक लाख ५० हजारबाट नौमती बाजा खरिद र बाजा बजाउन सिकिरहेका छौं, ५० हजार सिक्ने खर्च हो एक लाखमा बाजा खरिद गरेका छौं ।”
चैत महिनाभार सिकेको बाजा बजाउने सिप बैशाखबाट सदुपयोग हुने उहाँको भनाई रहेको छ ।

गत भदौबाट बाजा बजाउन थालेका आमा समूहलाई नगरपालिकाले बाजा खरिद गर्न र सिक्ने व्यवस्था मिलाएपछि बाजा बजाउने सिपमा थप निखारता आउनेछ ।

कला प्रदर्शनगर्न लाज मान्न नहुने भन्दै बाजा कुनै जात, समुदायले मात्रै नभई कला भएको जुनसुकै जातिले बजाउन सकिने आमाहरुको भनाई छ । बागलुङ नगरपालिकाले प्रशिक्षण खर्च दिएपछि उनिहरुले बाजा बजाउन पोख्त विभिन्न व्यक्तिलाई दैनिक ज्यालादारी रकम दिएर बाजा बजाउने कला सिकिरहेका छन् ।

बागलुङ नगरपालिकाको पहिचान झल्काउने बाजा समूह निर्माण गर्नका लागि नगरपालिकाले सहयोग गरेको बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

“बागलुङ बजारमा बाजा बजाउनेको अभाव रहेको पाइयो, सानो सहयोगले एउटा नमूना बाजा समूह निर्माण गर्ने नगरपालिकाको लक्ष्य हो” नगरप्रमुख श्रेष्ठले भन्नुभयो “आमा समूहको आय आर्जनको माध्यम बन्ने तथा संस्कृतिको संरक्षण हुँने नगरपालिकाको अपेक्षा छ, यसलाई व्यवस्थित गर्न लाग्छौँ उहाँहरुलाई थप सक्रिय बनाउनका लागि बागलुङ नगरपालिकाले निरन्तर सहयोग गर्छ ।” बागलुङ बजारमा हुने बिबाह र शुभकार्यका लागि देउरालीचोक आमा समूहको बाजा अब्बल सावित गर्ने योजनामा आमा समूहहरु बाजा बजाउन कस्सिएर लागेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *