सहकारी दिवसमा रक्तदान : १२० यूनिट रगत संकलन

आदर्श अनलाइन, कास्की
६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा कास्कीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सहकारीकर्मीहरुले १२० यूनिट रगत संकलन गरेको आयोजकले जनाएका छन् ।

रक्तदान कार्यक्रममा प्रमुख अतिथि सहकारी रजिष्ट्रारको कार्यालय पोखराका रजिष्ट्रार भेषराज रिजालले सहकारीको महत्वपूर्ण दिनका रुपमा रहेको सहकारी दिवसमा रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम गरी मनाउनुका साथै आम समुदायमा सहकारीको सकारात्मक सन्देश दिनु पर्नेमा जोड दिनु भएको छ ।

सहकारीका धेरै नकरात्मक कुरा आए, सहकारीका धेरै सकारात्मक विषयहरु ओझेल परेका छन्, सहकारी दिवसलाई सहकारीको साख जोगाउने अवसरका रुपमा उपयोग गर्न उहाँले सम्पूर्ण सहकारीकर्मीहरुलाई आव्हान गर्नु भयो ।

सहकारीमा देखिएका थुप्रै चुनौतीहरु मध्ये भाखा नाघेका ऋणीहरुले ऋण नतिर्नु पनि एउटा महत्वपूर्ण कारण रहेको चर्चा गर्दै रिजालले भन्नुभयो, सहकारीबाट ऋण लगानी गरेको रकम सदस्यहरुको बचत हो, त्यसैले भाखा नाघेका ऋणीहरुले समयमै आफ्नो ऋण भुक्तान गर्नु पर्छ ।

६७ औं राष्ट्रिय सहकारी दिवस मुल समारोह समिति कास्कीका संयोजक तथा जिल्ला सहकारी कास्कीका अध्यक्ष सावित्रा कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा नेफ्स्कुनका संचालक कमला देवी गिरी, पोखरा महानगर सहकारी समितिका अध्यक्ष रविरमण तिवारी, सप्त गण्डकी दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नवराज बरालले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा रक्त सन्चार केन्द्र कास्की, समग्र महिला बचत तथा ऋण सहकारी संस्था, सरल नमुना बचत तथा ऋण सहकारी संस्था, डाबर नेपाल, निशान पिउने पानी लगायतले सहयोग गरेको आयोजकले जनाएका छन् ।

कार्यक्रममा स्वागत वरिस्ठ उपाध्यक्ष छवि लामिछाने र सञ्चालन महासचिव दिपक बाँस्तोलाले गर्नु भएको कार्यक्रम संयोजक एवम् जिल्ला सहकारी संघ लिमिटेडका उपाध्यक्ष अम्बिका गौतमले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *