फोटो पत्रकार आरके अदिप्तविरुद्ध पक्राउ पुर्जी

आदर्श अनलाइन, पर्वत
कालीगण्डकी बचाऔं अभियानका अभियन्ता तथा फोटो पत्रकार आरके अदिप्त गिरीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

गिरीले सामाजिक सञ्जालमा पर्वतका पत्रकारविरुद्ध लेखेको भन्दै साइबर अपराध मुद्दामा किटानी जाहेरी परेको थियो ।

पर्वत जिल्लाका पत्रकार विरुद्ध सामाजिक सञ्जालमा प्रहार गरेर लेख्दै आएका गिरी विरुद्ध पत्रकारलेनै किटानी जाहेरी दिएका हुन् ।

पर्वतका पत्रकार स्वार्थमा बिकेको भन्दै गिरीले पटक पटक स्टाटस लेख्दै आएका गिरीको पछिल्लो स्टाटसमाथि त्यहाँका पत्रकारहरुले प्रमाणित गर्न प्रश्न गरेका थिए ।

पत्रकार गिरीले व्यक्तिगत जीवनलाई नै असर पर्ने गरी आपेक्ष लगाएको भन्दै उनीहरुले किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय पर्वतका डीएसपी मधुसुधन न्यौपानेले जानकारी दिनुभयो । साउन १ गतेदेखि साइबर अपराध पनि जिल्लालाई हेर्ने अधिकार भएको र पहिलो मुद्दा नै पत्रकारमाथि परेको न्यौपानेले बताउनु भयो । न्यौपानेले पत्रकारबीचको विषय मिलाउन खाजिरहेको प्रयास असफल भएको बताउनुभयो ।

किटानी जाहेरी नै परेपछि अदालतबाट पक्राउ पुर्जी जारी भएको र बाँकी कानुनी प्रक्रियाअनुसार हुने न्यौपानेको भनाइ छ । पर्वतका पत्रकार गणेश पौडेल, छविलाल तिवारी, सन्तोष थापालगायतले गिरीविरुद्ध किटानी जाहेरी दिएका हुन् । गिरीले भने गलत प्रवृतिको विरोध गर्दै लेखेकै भरमा आफूमाथि षडयन्त्र गरिएको बताउनु भएको छ । कालीगण्डकी बचाउनका निम्ति र पत्रकारिताका नाममा गलत प्रवृत्तिको पनि संरक्षण गरिएको भन्दै आफूले ब्यंग्य गर्दा पक्राउ पुर्जी नै जारी गर्ने अवस्था सिर्जना गरिएको बताउनुभयो ।

वाइल्ड लाइफ फोटोग्राफी गर्दै आएका गिरी केही वर्षदेखि कालीगण्डकी बचाउ अभियानसँगै कुश्मा कला परियोजना चसञ्चालन गर्नु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *