लागु औषध प्रयोग गर्नु हुन्छ ? शीघ्र मृत्यु निश्चित छ


आदर्श अनलाइन, बागलुङ

चुरोट, हुक्का हुँदै गाँजा प्रयोग गर्ने अधिकाशं व्यक्ति लागु औषध दुव्र्यशनीमा फस्ने गरेको पाइएको छ ।

बागलुङ जिल्ला स्थित सरोकारवालाको बैठकमा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख ऋषीराम कंडेलले निरन्तर १० देखि १५ वर्ष लागु औषध सेवन गरेका अधिकाशं व्यक्तिको दुखद् मृत्यु हुने गरेको बताउनु भएको छ ।

प्राकृतिक लागु औषध, अर्ध प्राकृतिक लागु औषध, र कृतिम लागु औषध प्रयोग गर्ने अधिकाशं व्यक्तिलाई समयमै दुव्र्यशनबाट बाहिर निकाल्न नसके शीघ्र मृत्यु निश्चित रहेको उहाँको भनाई थियो ।

प्रहरीको तथ्याङ्क अनुसार अनौपचारिक शिक्षा लिएका ६ प्रतिशत र प्रारम्भिक शिक्षा लिएर छोडेकाहरु १५ प्रतिशतले लागु औषध प्रयोग गर्ने गरेको पाइएको छ । त्यसैगरि माध्यामिक शिक्षा लिएकाहरु सबैभन्दा धेरै ४१ प्रतिशत र १२ कक्षा सम्म अध्ययन गरेका ३४ प्रतिशतले लागु औषध प्रयोग गर्ने गरेको पाइएको छ ।

सबैभन्दा धेरै १५ देखि २९ वर्ष उमेर समहुका व्यक्तिले लागु औषध प्रयोग गर्ने गरेको पाइएको भन्दै कंडेलले सानो उमेरमा दुव्र्यशनमा लागेका र उनिहरुलाई दुव्र्यशनबाट छुटाउन नसकेमा अधिकतम आयु १५ वर्ष हुने उहाँको भनाई थियो ।

साथि संगती र लहै लहैमा लागेर अधिकाशं १५ वर्षदेखि माथिका युवाहरु दुव्र्यशनमा लाग्ने गरेको पाइएको भन्दै उहाँले ‘नो’ भन्ने अभ्यास सबैले गर्नुपर्ने बताउनु भयो ।

हुँदैन, खाँदिन, चाख्दिन भन्न नसकेकै कारण अधिकाशं युवा युवतीहरु दुव्र्यशनमा लागेको पाईएको भन्दै उहाँले दुव्र्यशनमा लागेका व्यक्तिको व्यक्तिगत मात्र नभएर पारिवारीक जीवन समेत वर्वाद हुने बताउनु भयो ।

दुव्र्यशनमा लागेका व्यक्तिहरु शारिरिक र मानसिक रोगको सिकार हुने भन्दै उहाँले उनिहरुकै कारण समाजमा दिन प्रतिदिन जघन्य सरुवा रोग समेत फैलिएको बताउनु भयो ।

बैठकमा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अम्मर बहादुर थापाले लागु औषध प्रयोग कर्ताको नियन्त्रण, दुव्र्यशन मुक्त समाज निर्माणको जिम्मेवारी प्रहरी प्रशासनको मात्र हो भन्ने आम बुझाईका कारण सिंगो समाजनै दुव्र्यशनको अखडा बन्ने खतरा भएको बताउनु भयो ।

दुव्र्यशनमुक्त समाज निर्माणका लागि तीन तहकै सरकार जिम्मेवार बन्नु पर्ने भन्दै उहाँले स्थानीय सरकारले पाठ्यक्रममै समावेश गरेर विद्यार्थी र विद्यालय स्तरबाटै चेतना जगाउने काम गर्नुे पर्नेमा जोड दिनुभयो ।

बैठकमा बोल्ने अधिकाशंले समाजमा पुर्नस्थापना केन्द्रको संख्या बढ्दै जानु खतराको संकेत भएको बताएका थिए । उनिहरुले लागु औषधकका विषयमा शून्य सहनशीलता अपनाउनु पर्नेमा जोड दिएका थिए ।

समन्वय बैठकमा काठेखोला गाउँपालिकाका उपप्रमुख तेजबहादुर थापा, नेकपा एमाले बागलुङ उपसचिव गणेश थापा, नेपाली काँग्रेस महासमिति सदस्य जगदिशचन्द्र उपाध्याय, एकीकृत समाजवादी बागलुङका अध्यक्ष लालबहादुर थापा, धौलागिरी अस्पताल बागलुङका निमित्त मेडिकल सुपरिटेन्डेण्ट रेखा पौडेल, यातायात व्यवसायी भुपेन्द्र खड्का, औषधी व्यवसायी संघ बागलुङका अध्यक्ष खगेश्वर पौडेल, अटो व्यवसायी युवराज विक लगाएतले बोल्नु भएको थियो ।

बैठकले जिल्लामा लागू औषधको खरिद, बिक्री तथा प्रयोगले युवा र अन्य व्यक्तिको जीवनमा गम्भीर नकारात्मक असर पारिरहेको भन्दै समुदायलाई बचाउन स्थानीय तहको समन्वय र सहयोग समेत लिई यस जिल्लामा क्रियाशील सरकारी, गैरसरकारी निकायले सचेतनामूलक र निरोधात्मक कार्यक्रम सञ्चालन गर्नका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय बागलुङलाई समन्वयको जिम्मेवारी दिने निर्णय गरेको छ । त्यसैगरि दुव्र्यशनमा परेका व्यक्तिहरुलाई त्यसबाट मुक्त गराई समुदायमा पुनस्र्थापित गराउन स्थानीय तह र समुदायको सहयोगमा पुर्नस्थापना केन्द्रमा ल्याउन सघाउने निर्णय गरेको छ ।

बैठकले लागू औषधको प्रयोग र ओसारपसार गर्ने व्यक्तिहरुको जानकारी लिने, लागू औषधको आपूर्तिकर्ता र स्रोतको विवरण संकलन गरी कानूनी दायरामा ल्याउन सरोवारवाला निकायले सूचना दिई सहयोग गर्न÷गराउन सूचना जारी गर्ने निर्णय गरेको छ ।

त्यसैगरी गम्भीर प्रकारका लागू औषध प्रयोगको शुरुवात सामान्य खालका लागू पदार्थबाट हुने विषयलाई मध्यनजर गरी अभिभावकहरुले आफ्ना बालबालिकाका कुलतबारे सुक्ष्म निगरानी राखी सम्झाइबुझाई गर्न आवश्यक हुने भन्दै कोच वा सचेतनाको अभावका कारण अभिभावकहरुले आफ्ना बालबालिकाका कुलतहरुलाई लुकाएर राख्ने प्रवृत्ति देखिएकाले यसको अन्त्यका लागि सबै स्थानीय तह र सरोकारवालाले अभिभावक शिक्षा प्रदान गर्ने खालका कार्यक्रम सञ्चालन गर्न प्रेरित गर्ने निर्णय गरेको छ ।

साथीहरुको संगत, देखासिखी र अन्य प्रभावबाट विद्यालय उमेरका बालबालिकाहरु लागू औषधको कुलतमा फस्ने गरेको अध्ययनबाट पुष्टि भएको सन्दर्भमा स्थानीय तहको समन्वयमा सुरक्षा निकाय र सरोकारवाला संघसंस्थाहरुले विद्यालय र कलेजस्तरमा लागू औषध नियन्त्रण सम्बन्धी सचेतनाका कार्यक्रमहरु समय समयमा सञ्चालन निर्णय गरेको प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिनुभयो । बैठकको सहजिकरण सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *