विपन्न वर्गका जनतालाई मध्यम वर्गमा रुपान्तरण गर्ने काम सहकारीले गरेको छ : नगरप्रमुख पण्डित

आदर्श अनलाइन, तनहुँ
तनहुँको शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले विपन्न वर्गका जनतालाई उद्यमशिलतामार्फत मध्यम वर्गका रुपान्तरण गर्ने काममा सहकारीहरुको भूमिका प्रभावकारी बन्दै गएको बताउनु भएको छ ।

राष्ट्रिय सहकारी बैंक लिमिटेड दमौली शाखाले शुक्रवार शुक्लागण्डकी नगरपालिकाको दुलेगौडामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख पण्डितले यस्तो बताउनु भएको हो । दुर्गमदेखि सुगम क्षेत्रमा बस्ने आफ्ना सदस्यहरुलाई आयआर्जन गर्न, उद्यमशिलताको विकास गर्न तथा उनीहरुलाई करयोग्य नागरिक निर्माण गर्न सहकारीहरुको महत्वपूर्ण भएको रहेको चर्चा गर्दै उहाँले सहकारीहरुको प्रवद्र्धनका लागि राज्यले नीति निर्माणमा ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।

संविधानको भावना अनुसार मुलुकलाई समाजवाद उन्मुख अर्थतन्त्रतर्फ अग्रसर गराउनका लागि एउटा महत्वपूर्ण आधार सहकारी नै हो, यसको प्रवद्र्धनका लागि राज्यले ऐन कानुनमा सहजता ल्याउन जरुरी छ । यसको प्रवद्र्धनका लागि राज्यको भूमिका प्रभावकारी नभएको उहाँको भनाइ थियो ।

No description available.

शुक्लागण्डकी नगरपालिकाको आगामी योजनामा सहकारीको प्रवद्र्धनमा योगदान गर्ने तरिकाले कार्यक्रमहरु अगाडि बढाउने प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नु भयो । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जिसी (अञ्जु), राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा लुम्बिनी प्रदेशका संयोजक विजया धिताल, राष्ट्रिय सहकारी बैंक दमौली शाखा समन्वय उपसमितिका सदस्य तथा शुक्लागण्डकी नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष राजकुमार वाग्ले लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले बैंकको विगत, वर्तमान र आगामी योजनाका बारेमा सहजीकरण गर्नु भएको थियो । बैंकका अध्यक्ष के.बी उप्रेतीको अध्यक्षता, बैंकको दमौली शाखा समन्वय उपसमितिका संयोजक तथा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका वरिष्ठ उपाध्यक्ष अमर बहादुर कुँवरको स्वागत र दमौली शाखाका प्रमुख उपेन्द्र दाहालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *