जिल्ला सहकारी संघ तनहुँको अध्यक्षमा अधिकारी

आदर्श अनलाइन तनहुँ

जिल्ला सहकारी संघ लिमिटेड तनहुँको अध्यक्षमा ब्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेड दमौलीका अध्यक्ष प्रदिपराज अधिकारी निर्विरोध निर्वाचित हुनु भएको छ ।

संघको बिहीवार सम्पन्न ४३ औं वार्षिक साधारणसभाले अधिकारीको नेतृत्वमा नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको हो ।

सञ्चालक समितिको उपाध्यक्षमा सिर्जना तिवारी, सचिवमा पदम बहादुर बाँनिया, कोषाध्यक्षमा चुडामणी दाहाल तथा सदस्यहरुमा रत्न कुमार श्रेष्ठ, माधव न्यौपाने, भानुभक्त पौडेल, भानु चापागाई, विष्णु कुमार श्रेष्ठ र देवलाल खनाल निर्वाचित हुनु भएको छ ।

पुस अन्तिम साताका लागि तोकिएको साधारणसभाले निर्वाचनको मिति माघ २८ गते तोक्नुका साथै निर्वाचन समितिको संयोजकमा अमर बहादुर कुँवर तथा सदस्यहरुमा देवी बहादुर बस्नेत र रामजी लौडारीलाई चयन गरेको थियो ।

निर्वाचन समितिले विभिन्न चरणमा छलफल गरी सर्वसम्मत रुपमा संघको सञ्चालक समिति चयन गरेको संघका अध्यक्ष श्रीप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *