पर्यटकलाई आकर्षित गर्न बिममा पदमार्ग निर्माण

आदर्श अनलाइन, म्याग्दी
पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७ बिम तल्लो गाउँ र डाडागाउँमा पर्यटकहरुलाई पदमार्गमाा आकर्षित गर्नका लागि पदमार्ग निर्माण भएको छ । स्थानियको पहलमा गाउँको सौन्दर्यकरणकालागि बस्ती भित्रको कच्चि पैदलमार्गलाई व्यवस्थीत तबरले पक्कि बनाइएको छ ।

गाउँमा भएको कच्ची मार्गलाई पक्की बनाए सँगै हिलो र धुलोको समस्या हट्नुका साथै गाउँ सफा सुग्घर भएको डाडागाउँका स्थानिय वासिन्दा टुकमान जुग्जालीले बताउनुभयो । उहाँले भन्नुभयो–‘उकालो, ओरालोमा हिडडुल गर्दा चिप्लिएर लड्ने, भारी बोकेर हिड्न गाह्रो भएको थियो पक्की पदमार्गले गाउँलाई सफा र स्थानीयबासीलाई सहज बनाएको छ ।’

पदमार्ग बनेपछि बिम र डाडागाउँका तीनस य भन्दा धेरै घरधुरी लाभान्वित भएका छन् । गण्डकी प्रदेश सरकारबाट विनियोजन भएको बजेटबाट उक्त पदमार्ग निर्माण सम्पनन भएको हो । पक्की पदमार्ग बनेपछि बालबालिका र जेष्ठ नागरिकहरुलाई आवत जावत र डिडडुल गर्न सहज भएको छ । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले चालु आर्थिक वर्षमा विनियोजन गरेको ३० लाख रुपैयाँ बजेटबाट पदमार्ग निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष शरणकुमार जुग्जालीले जानकारी दिनुभयो ।

बिम तल्लो गाउँमा चार सय २५ मिटर र डाँडा गाउँमा दुई सय ५० मिटर पदमार्ग बनाएको अध्यक्ष जुगजालीले बताउनुभयो । उहाँका अनुसार समथर सिधा सडमा ढुंगा बिछ्याएको र उकालोमा सिढी चिनेर ढलान गरिएको छ । १ दशमलव १० मिटर देखि १ दशमलव २० मिटर फराकिलो पदमार्ग निर्माण भएकोले समथर पदमार्गमा मोटरसाइकल र साइकल पनि हिडाउन मिल्ने प्रकारको बनाइएको छ ।

माटोको पदमार्गमा वर्षात हुँदा हिलो र सुख्खामा धुलोको समस्या थियो । ढलान गरेको पदमार्ग सरसफाई गर्न सहज भएको छ । बिम र डाडागाउँ धार्मिक पर्यटकीय स्थल मालिका र प्रभु चेला धुरीको फेदीका बस्ति हुन् । बिममा रहेको किसानी माध्यमिक विद्यालयमा कृषि प्राविधिक शिक्षा सञ्चालन भइरहेको छ ।

मालिका र प्रभुचेला जाने पर्यटक तथा भक्तजनहरु बसोबास गर्ने बिम र डाउगाउँको पृष्ठभूमिमा गुर्जा हिमालको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ । सरसफाईमा नमुना बनाउने उद्देश्यले गाउँभित्रको पैदलमार्गलाई पक्की बनाउन बजेट विनियोजन गरेको स्थानीयबासी समेत रहनुभएका गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *