लागु पदार्थ दुव्र्यसनीमा युवा : बाध्यता कि रहर ?

सरोजराज पन्त

आजका यूवा भोलिका देशका खम्बा, राष्ट्र« निमार्णका संवाहक हुन् । कुनै पनि देशको सर्बाङ्गिण विकास यूवाहरुको संरक्षण, सर्वद्धन, परिचालन बिना सम्भव हुदैन तर पनि वर्तमान देशको अवस्थालाई पहिचान गर्दा यूवाहरुलाई पूर्ण रुपमा सुर्मागमा हिडाउन सकिएको छैन । आजका यूवा विभिन्न सामाजिक विकृति, विसङति र दुव्र्यशनीको कुलतमा फसिरहेका छन् । ती कुलत मध्ये लागू औषध दुव्र्यशनी एक प्रमुख समस्या हो । लागु पदार्थ दुव्र्यसनीको समस्या अहिले नेपालमा मात्र नभई विश्वभरमा नै ठूलो समस्याको रुपमा रहदै आएको छ । लागु पदार्थ एवम औषध भनेको वmुनै पनि प्रावृmतिक वा रसायनहरुबाट निस्केका पदार्थहरू हुन । जसको सेवनबाट मानिसको केन्द्रिय स्नायुप्रणालीमा प्रभाव पारेर मानिसका भावना, चिन्तन विचारमा उत्तेजना ल्याइदिन्छ र जीवनमा क्रमश सकरात्मक एंवम नकरात्मक परिवर्तन ल्याइदिन्छ । लागु पदार्थले केन्द्रिय स्नायुप्रणालीमा प्रभाव पारेर मानिसका भावना,चिन्तन र विचारमा उत्तेजना ल्याइदिने भएकोले यूवायूवतीहरु जानजानी वा साथीभाइहरुको लहैलहै र करकापमा परी लागू पदार्थको दुव्र्यसनीमा पर्दै गएका छन् । यसरी यूवापुस्ताहरु दुव्र्यसनीको चपेटामा फस्दै जानुले देशको विकासका लागि दिनप्रतिदिन समस्याहरु थपिदै गएका छन् । लागू पदार्थ एवम औषधको दुव्र्यसनीको संख्या विश्वमा नै बढ्दै जानुले विश्व समाजलाई प्रभावित पारिरहेको छ । देशका ७७ जिल्लाहरुमध्ये केही जिल्लाहरु वाहेक प्राय सबै जिल्लाहरुमा लागू औषध र पदार्थको दुव्र्यसनी बढ्दो क्रममा छ । लागू पदार्थको दुव्र्यसनीबाट प्रभावित जिल्लाहरुमा काठमाडौं उपत्यका, सुनसरी (धरान), मोरङ्ग (विराटनगर), झापा , धादिङ, कास्की, म्याग्दी, बागलुङ, पर्वत, रुपन्देही ,कपिलवस्तु, चितवन बाकें, पर्सा, मकवानपुर लगायत नेपालका शहरी क्षेत्रहरु, शहरीकरण तर्फ उन्मूख ग्रामीण क्षेत्रहरुमा र सिमानामा रहेका जिल्लाहरुमा बसोबास गर्ने जनसंख्याको ठूलो हिस्सा लागु पदार्थको दुव्र्यसनमा फसिरहेको पाइन्छ ।

यस्ता दुव्र्यसनीबाट यूवा जमातलाई बचाई राख्न वर्तमान अवस्थामा नकरात्मक असरहरूका बारेमा जनचेतना पैmलाउने, दुव्र्यसनकर्तालाई कुलतबाट छुटाउन, बचाई राख्न तथा लतमा पर्न सक्ने सम्भावना भएका व्यक्तिहरूबाट बचाउनका लागि विभिन्न निकायहरूबाट विभिन्न नीति तथा कार्यव्रmमहरू सञ्चालन गर्दै आएको पाइन्छ । यस्ता निकायहरूमा सरकारी, अर्ध सरकारी,राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरू रहेका छन् । तर पनि ती प्रयासहरु पूर्णरुपमा फलदायी हुन सकेका छैनन् । कुलतमा फसेको थाहा नपाउनु, फसिसकेपछि पनि इज्जत, प्रतिष्ठाका कारण गुपचुप पारेर राख्नुले गर्दा बाहिरी तथ्याङ्क कम रहे पनि भित्रि रुपमा यो समस्या भयानक बन्दै गएको छ । पश्चिम नेपालको धवलागिरी अञ्चलका बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङ जिल्ला विविध सम्भावना बोकेका जिल्ला हुन् । यहाँका प्राकृतिक सम्पदा, धार्मिक पयर्टन, पर्या–पर्यटन, स्रोत साधनको प्रयोग गर्नका लागि यूवा शतिm पूर्ण रुपमा लाग्न सकेका छैनन् । बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङ जिल्ला एकाततर्फ विकासको दु्रत गतिमा लम्किरहेको छन् भने अर्को तर्फ लागु पदार्थ दुव्र्यसनको कुलतमा फस्नेहरुको संख्यामा पनि वृद्धि भइरहेको छ । यस्ता कार्यमा यूवा चासो कम हुनुमा वेरोजगारी, गरिवीसँगै लागू औषधको दुव्र्यसनी पनि एक हो ।

प्राकृतिक स्रोत र साधनहरू पर्याप्त भएपनि उचित प्रयोग गर्न नसक्दा, गरिबी, अशिक्षा, लिंगभेद र जातिय भेदभावले एक छाक खान र एकसरो लगाउन समस्या बढ्दै गएको छ । दक्ष जनशक्ति उपयुक्त अवसरको खोजिमा विदेशिदै गएका छन । वर्तमान अवस्थामा देश भित्रै रही केही गरौं भन्ने युवा युवतीहरू लागु पदार्थको दुव्र्यसनमा फँस्नु निश्चय पनि देशकै लागि चिन्ताको विषय रहेको छ । लागु पदार्थ दुव्र्यसनीहरूको संख्या बढ्दै जानुले यसको अवैध कारोबारमा संलग्न भई यसको ओसार प्रसार तथा आपूर्ति गर्ने विभिन्न व्यक्ति तथा समूहहरू समेत व्रिmयाशिल रहेका छन ।

लागु पदार्थ दुव्र्यसनीहरू शारीरिक रोगी मात्र नभई मानसिक रोगी पनि भएका हुन्छन् । लागु पदार्थको प्रयोग गरेपछि मस्तिष्कलाई उत्तेजित पारी सोच्ने सम्झने शक्तिलाई विवृmत तुल्याई बानी व्यवहारमा परिवर्तन ल्याइदिन्छ जसले गर्दा व्यक्तिले असामान्य व्यवहार प्रदर्शन गरेको हुन्छ ।

उसको पारिवारिक र सामाजिक सम्बन्धमा विचलन आउँछ । दुव्र्यसनी व्यक्तिको मानसिक अवस्था अस्वस्थ हुने हँुदा झगडा गर्ने, रिसाउने,झर्कने जस्ता व्रिmयाकलाप देखाउँछ ।

लागु पदार्थ दुव्र्यसन एउटा यस्तो समस्या हो जसले परिवार, गाँउ, समाज अनि देशका प्रगतिका सबै बाटाहरूलाई अवरोध पु¥याई ठप्प पार्दछ । लागु पदार्थ दुव्र्यसनको कारण आज समाजको सामाजिक मूल्य, मान्यता र प्रतिष्ठामा आँच आएको छ । यसले देशका सामाजिक, साँस्वृmतिक, राजनैतिक, आर्थिक लगायत सम्पूर्ण क्षेत्रमा नकरात्मक प्रभाव पारिरहेको छ । समाजमा हत्या, हिंसा, बलात्कार, लुटपाट, चोरी, डकैती, चेलिबेटी बेचबिखन, पारिवारिक कलह जस्ता गम्भीर समस्याहरू देखा परेका छन् । लागु पदार्थ दुव्र्यसनको कारण हजारौं व्यक्तिहरूले अकालमा नै ज्यान गुमाउनु परेको छ । यस्तो दुव्र्यसनबाट आमा—बुवा, दाजु—भाइ लगायत परिवारका सम्पूर्ण सदस्यहरूलाई नराम्रो बोझ, डर र अविश्वास थपेको हुन्छ । दुव्र्यसनबाट परेको असर स्वंय दुव्र्यसनीलाई भन्दा परिवारलाई झनै गम्भीर हुन्छ । परिवारका अरु सदस्यको समेत प्रगतिमा बाधा सृजना हुन्छ । लागु पदार्थ दुव्र्यसन समाजको विकराल रोग हो भने दुव्र्यसनी रोगी हुन् । यस्तो समस्यालाई निराकरण गर्नका लागी यस्तो समस्या आउनुको कारण र यसले समाजलाई कस्तो असर पु¥याई रहेको छ, भन्ने वmुरा विभिन्न निकायबाट अध्ययन अनुसन्धान गरी पहल गर्नु आवश्यक छ ।

लागु पदार्थ दुव्र्यसनीका कारणहरू
लागु पदार्थ दुव्र्यसनी सामाजिक समस्या हो । यसका कारणहरुमा शिक्षाबाट बञ्चित, सहि र गलतलाई छुट्याउन नसक्नु , बेरोजगारीको समस्या , नकारात्मक सोच, घरमा बाबु आमा नहुनु, घर परिवारमा कसैको निगरानी नहुनु, पारिवारिक वातावरण, परिवारमा झै झगडा, बाबु आमाले छोरा छोरीले गलत गर्दा गालि गर्नु, बाबु आमाको माया ममता नपाउँनु, ,घर परिवारबाट पैसाको निगरानी नहुनु, घर परिवारको आर्थिक स्थिति, कौतुहलताले गर्दा , नयाँ तथा पुरानो पीडिको सोचाईमा फरक हुँदा सानो वmुरामा मन मुटाब भई दिमागमा मनोवैज्ञानिक असर पर्नु, कार्यमा असफल र निराश हुनु, दुव्र्यसनमा लागेका साथीभाईको दबाब र संगतले गर्दा, सौख आनन्दले गर्दा पनि दुव्र्यसनको शिकारहुने गरेको पाईन्छ । यी विभिन्न कारणले गर्दा मानिस लागु पदार्थ दुव्र्यसनमा लाग्ने गरको हुन्छ । साथी संगीहरूको दबाब र लहलहैमा लाग्नु ,बाबु आमा तथा आफु भन्दा ठूलाहरूको देखासिक गर्नु,पीर, चिन्ता, दुःख र तनाव हटाउन छ भन्ने भ्रमपूर्ण विश्वास,लागु पदार्थको स्वाद लिने र अनुभव गर्ने इच्छा ,लागु पदार्थले आनन्द दिन्छ, मजा आउँछ, मनोरञ्जन हुन्छ भन्ने भ्रमपूर्ण विश्वास,अशिक्षा अज्ञानता , लागु पदार्थ सजिलैसंग उपलब्ध हुनु र पाउँदा प्रयोग गरी हाल्ने खराब बानी ,लागु पदार्थ प्रयोग गर्ने व्यक्तिहरू र विदेशी पर्यटकको प्रभाव । घरको भित्ता पर्खाल, सडक, सिनेमाहल, पत्रिका, रेडियो टेलिभिजन आदिमा देखाइने र प्रसार गर्ने आकर्षक विज्ञापन । आफ्नो घर परिवारमा माया ममता रेखदेख र कदर नपाएर । आफ्नो व्यक्तिगत जीवन र परिवारमा नैराश्य, समस्याहरू असफलता, ठूलावडा बाट हैरानी, बेरोजगार, आर्थिक संकट जस्ता समस्याहरू एक पछि अर्को थंपिदै जानु । केटाकेटीलाई आवश्यक भन्दा बढी पैसा उपलब्ध गराउनु, दिएको पैसा कहाँ कसरी खर्च ग¥यो भनि खोजि नगर्नु र छोराछोरीको गलत क्रियाकलापमा पनि चुप लागेर बस्नु, छोराछोरीको अगाडी बाबु—आमा विचको झगडा, बाबु आमाबाट माया ममता नपाउनु, आमाबाबु नहुनु परिवारबाट झुटा आश्वासन पाउनु दुव्र्यसनमा लाग्नुका कारण हुन् ।

प्रमुख लागु औषधिहरु
विश्व स्वास्थ्य संगठनले हाल यसलाई एनालजेसिक, क्यानाविस, स्टीमूल्यान्ट, डिप्रिस्यान्टस र ह्यालुसिनोजेन्स गरी ५ भागमा वर्गीकरण गरेको छ । यस्तै लागु औषध विशेषज्ञ जितेन्द्र बस्नेतले यसलाई निम्नानुसार वर्गीकरण गरेको पाइन्छ । उत्तेजक लागु पदार्थ— चुरोट, सुर्ति तमाखु, खैनी, बिडी आदि जसले मस्तिष्कमा उत्तेजना पैदा गर्दछ । मस्तिष्कलाई सुस्त बनाउने पदार्थ — रसायनिक तत्व अल्कोहल वियर, रम, ब्राण्डी, ह्वीस्की, जाँड, रक्सी आदि यो समूहमा पर्दछन् । यस्ता लागु पदार्थ तथा पेय पदार्थ प्रयोगले मस्तिष्कमा र केन्द्रिय स्नायु प्रणालीलाई शिथिल निष्व्रिmय बनाइदिन्छ । दुखाई कम गर्ने –हेरोईन, ब्राउनसुगर, स्म्याक्स आदि यो समूहका लागु पदार्थहरू हुन र दुखाई कम गर्ने पेन किलरको नामले चर्चित छन् । यस्ता लागु पदार्थहरू व्यक्तिले विशेष गरेर शारिरिक दुखाई कम गर्न वा हटाउने उद्देश्यले प्रयोग गर्दछन् । यस समूहका लागु पदार्थहरूमा पर्दछन् । यिनिहरूमा मर्फिन, अफिम, कोडिन नामक हानिकारक रसायनिक तत्व हुन्छ । मिथ्यामास गराउने तत्व– यो समूहमा मति भ्रामक, क्यानाविस धतुरो, चटकी च्याउ, एल.ए.डी. फेन्सील्काइडिन, गाँजा,भाङ, भाङको तेल, चरेस, चरेसको तेल आदि पदार्थहरू पर्दछन् । यस्ता लागु पदार्थले स्नायु प्रणालीलाई उत्तेजित पारी मस्तिष्कको व्रिmयाकलापलाई निष्व्रिय पार्दछन् (नेपाल सरकार, २०६२) ।

 हेरोईन— यो अफिमबाट तयार गरिएको सेता वा खैरो पाउडर हो । यसलाई स्म्याक्स वा ब्राँउन सुगर पनि भनिन्छ । हेरोईनलाई सूईद्धारा ,पाउडर, श्वासद्धारा र कफीमा मिसाएर प्रयोग गर्दछन् ।
 भाङ —यो गाँजाका बोट, गेडा घोटेर तथा पातहरू दूध र खाने वmुरासंग मिसाएर प्रयोग गर्ने पेय पदार्थ हो ।
 क्यानाविस—गाँजाको बोटबाट निस्कने पदार्थलाई क्यानाविस हो ।
 क्यानाविनोले मानिसको दिमागमा असर पारी मन र चेतनामा प्रभाव पार्छ ।
 गाँजा —यो गाँजाको बोटको पात र मुन्टा बाट बन्छ यो खैरो रंगको हुन्छ । गाँजाको प्रयोग धुम्रपानको रुपमा हुन्छ ।
 चरेस —यो गाँजाको बोटको रस बाट बन्छ । यसको रंग गाढा खैरो वा कालो हुन्छ । यो ढिक्काको रुपमा पाइन्छ । यसलाई चुरोटमा सूर्तिसंग मिसाएर खाइन्छ ।
 व्युप्रिनर्फिन, कोडिन —नार्कोटिक एनाल्जेसिक कोडिन, व्युप्रिनर्फिन अफिमजन्य बस्तु सामान्यत दुखाई कमगर्ने, पखाला रोक्न र कमगर्न प्रयोग गरिने औषधि हुन् । यस्ता पदार्थलाई नेपालमा धेरै दुरुपयोग गरिएको छ ।
 कोडिन —फेन्सिडिल कोडिन तत्व रहेको खोकी कम गर्ने बनाएका औषधिहरू नेपालमा अवैध भएतापनि गैर कानूनी तवरले बिव्रmी गरि दुरुपयोग भएका छन् ।
 व्युप्रिनर्फिन —यो वृmत्रिम लागु पदार्थ हो । यो दुखाई कम गर्न प्रयोग गरिन्छ ।
 अफिम —अफिमको कोसालाई काटेपछि आउने दूध जस्तो चोप जमाएर प्रशोधित पादर्थ अफिम हो । यो गाढा खैरो रंगको देखिन्छ र धुम्रपानको रुपमा प्रयोग हुन्छ ।
 मेथाडोन —मेथाडोन अफिमको एक रुप हो । यसलाई हेरोइन र मर्फिनमा लतलागि छोड्न नसकेकाहरूको लत छुटाउन प्रयोग गर्दछन् ।
 मर्फिन —मर्फिन अफिमको प्रमुख पदार्थ हो । यो पाउडर ,चक्की, क्याप्सुल र झोलको रुपमा दुखाई कमगर्न औषधिको रुपमा प्रयोग हुन्छ ।
 पेथिडिन— यो दुखाई कमगर्न प्रयोगशालामा बनाइने वृmत्रिम लागु पदार्थ हो । यो चक्की र सुई द्धारा मध्यम देखि कडा दुखाइको उपचारमा प्रयोग गरिन्छ । (नेपाल सरकार, २०६२) ।

लागु पदार्थ दुव्र्यसनीका असरहरु
लागु पदार्थको दुव्र्यसन समाजको प्रमुख समस्या हो । यो दिन प्रतिदिन बढ्दै गइरहेको छ । मानिसहरू लागु पदार्थ दुव्र्यसनको कारण परिवार र समाजबाट अलग्गिनु, विभिन्न प्राणघातक रोगको शिकार बन्नु , लागुपदार्थको दुव्र्यसनीमा लागेपछि उसको परिवारमा सधै नैराश्यता देखा पर्नु, समाजले उसलाई हेर्ने दृष्टिकोणनै फरक हुनु, बीचैमा पढाई छोडीे शिक्षा हासिल गर्न नसक्नु,परिवारमा सधै झै झगडा परिरहन्छ । परिवारमा पारिवारिक सम्बन्ध बिग्रने, सम्बन्ध विच्छेद हुने जस्ता असरहरु देखा पर्दछ । उसले आफुले पाएको जागिरबाट निष्काशित हुनुपर्ने,े परिवार, समाज र आर्थिक अवस्थामा प्रत्यक्ष असर परेको हुन्छ । परिवारले बसाँइ सरेर अन्त जानुपर्ने स्थिति समेत आउँदछ । व्यक्तिले लागुपदार्थ प्राप्त गर्न आवश्यक पैसा जुटाउने पैसा चोर्ने वा गरगहना वा अन्य सरसामान बेच्ने गर्दा परिवारको आर्थिक स्थिति खस्कदै जान्छ र समाजले परिवारलाई समेत नराम्रो दृष्टिले हेर्दछ । लागुपदार्थ दुव्र्यसनीको कारण तनाव उत्पन्न घरको सम्पत्ति हिनामिना गर्ने, पारिवारिक विछोड हुन्छ । समाजले लागु पदार्थ दुव्र्यसनीहरुलाई नकारात्मक रुपले हेर्ने गरेको पाइन्छ । समाजमा लागु पदार्थ दुव्र्यसनीहरुले गर्दा घर, गाँउ, शहर , समाजमा हत्या, हिंसा, बलात्कार, लुटपाट, चोरी, डकैती, पारिवारिक कलह ,गुण्डागर्दी, बढ्न थाल्दछ । विकास निर्माणका काममा अवरोध आउँदछ । समाजमा उसको अवस्था निरीह र प्रतिष्ठामा कमी हुन्छ । पारिवारिक झैझगडा गर्ने, घरको कुनै पनि कार्य नगर्ने, घरमा चोरी गर्ने, सरसमान बेच्ने, घर समाजबाट टाडा बस्न रुचाउने, टोल, छिमेक र समाजमा चोरी, डकैती, लुटपाट, तोडफोड,सामुहिक झगडा, वmुटपिट, सडक दुर्घटना, अािद अपराधिक र विध्वसात्मक क्रियाकलापहरु ह्ुने गर्दछन् । जनशक्ति कमजोर र क्षमताविहीन र समाजमा उसको अवस्था निरीह , प्रतिष्ठामा कमी हुन्छ । परिवारमा आर्थिक समस्या उत्पन्न हुन्छ । लागुपदार्थको असरले गर्दा व्यक्तिले रोजगारीको अवसर नपाउने, पाएको रोजगारी पनि गुमाउने, राष्ट्रको उत्थान र विकासका कार्यमा टेवा दिन नसक्ने हुन्छ । गरिबी, अशिक्षा, रुढीवादी परम्परा, लिंगभेद र जातिय भेदभावमा आवद्ध समाजमा एक छाक खान र एकसरो लगाउन नसक्ने समस्या बढ्दै जानु र भविष्यका कर्णधार समेत मानिने युवावर्गमा एच.आई.भी.÷एड्स हेपाटाइटीस जस्ता रोगबाट पिडित हुनु । फलस्वरुप परिवार, समाज र राष्ट्र सधैं आर्थिक रुपमा असर पर्दछ ।

समाधानका उपायहरू
लागुपदार्थ दुव्र्यसनीमा लागेका साथीसंगीको संगत र खराब वातावरणकोे नियन्त्रण गर्नुपर्ने । घर र विद्यालयको वातावरणले गर्दा दुव्र्यसनमा फस्ने हुँदा अविभावक बेलैमा यसबारे सोच्नसके यसकोमा नियन्त्रण गर्न सकिने देखिन्छ । दुव्र्यसनीलाई घरपरिवार र समाजले घुणाको दृष्टिले नहेरी अरु के कति कारणले दुव्र्यसनमा संलग्न हुन पुगेका हुन पत्ता लगाई समाधान तर्पm ध्यान दिनु पर्ने । केटाकेटीलाई लागुपदार्थबाट हुने असरको बारेमा सचेत पारी त्यस्ता पदार्थबाट टाढै रहन प्रेरित गर्ने । प्रचार प्रसारका साधन जस्तो रेडियो, टेलिभिजन तथा पत्रपत्रिकालाई प्रभावकारी बनाई यिनको माध्यमबाट लागुपदार्थ विरुद्ध जनचेतना जगाउने । नितिगत रुपमा हेर्दा सरकारले लागुपदार्थ दुव्र्यसन सम्बन्धि राष्ट्रिय स्तरबाटै जनचेतनाका कार्यक्रम संञ्चालन गर्ने हो भने पनि लागु पदार्थ दुव्र्यसनलाई कम गर्दै लैजान सकिन्छ । जनचेतनामूलक कार्यक्रम गरी नियन्त्रण सम्बन्धि अभियान चलाउने । ध्यान÷योग,पारिवारिक परामर्श,लागु औषध उपचार तथा पुनस्र्थापना,स्वास्थ्य सेवा तथा परामर्श,खेलकूद कार्यक्रम संञ्चालन गर्ने, लागुपदार्थ दुव्र्यसन सम्बन्धि घर, परिवार, समाजमा विभिन्न खालका सचेतनाका कार्यक्रम संञ्चालन गर्ने,सरकारले कानुनीतवरले पनि यसलाई प्राथमिकताका साथ अगाडी बढाउने र कार्यान्वयन गरी लागु पदार्थ दुव्र्यसनलाई रोक्न सकिन्छ ।

निष्कर्ष
आजका यूवा भोलिका देशका खम्बा, राष्ट्र« निमार्णका संवाहक हुन् । कुनै पनि देशको सर्बाङ्गिण विकास यूवाहरुको संरक्षण, सर्वद्धन, परिचालन बिना सम्भव हुदैन तर पनि वर्तमान देशको अवस्थालाई पहिचान गर्दा यूवाहरुलाई पूर्ण रुपमा सुर्मागमा हिडाउन सकिएको छैन । आजका यूवा विभिन्न सामाजिक विकृति, विसङति र दुव्र्यशनीको कुलतमा फसिरहेका छन् । ती कुलत मध्ये लागू औÈध दुव्र्यशनी एक प्रमुख समस्या हो । यस्ता दुव्र्यसनीबाट यूवा जमातलाई बचाई राख्नु हामी सबैको साझा दायित्व एंव कर्तव्य हो । यसैको लागि यूवा जमातलाई सुसंगतमा ल्याई समुन्नत नेपालको मूल धारमा यूवा शतिmलाई प्रयोग आजको अपरिहार्य आवश्यकता हो । नयाँ तथा पुरानो पीडिको सोचाईमा फरक हुँदा सानो वmुरामा मन मुटाब भई दिमागमा मनोवैज्ञानिक असर निम्त्याएर केहीगर्न नसक्ने अवस्थामा पुग्नु राष्ट्रको लागी निकै नै दुःखदायी अवस्था हो । एउटा राष्ट्रलाई समृद्ध र विकासको बाटोमा लैजानको लागि त्यो देशका युवा शक्ति शारिरीक र मानसिक रुपमा स्वास्थ्य, बलिया र क्षमतावान हुनु आवश्यक छ । तर हाम्रो जस्तो विकासोन्मुख देशका युवावर्गहरू लागु पदार्थको दुव्र्यसनमा लागेर कमजोर हुँदै जानु अवश्य पनि चिन्ताको विषय हो । तसर्थ लागु पदार्थ परिवार, समुदाय र राष्ट्रकै लागि पनि एक जल्दोबल्दो र घातक समस्याको रुपमा रहेको छ ।

यसरी लागुपदार्थ दुव्र्यसनका कारण उसको व्यक्तिगत जीवनमा मात्र नभई परिवार, समाज र सिंगो राष्ट्रलाई समेत गम्भिर असर पारेको छ । चोरी, हत्या, बलात्कार ठगी र गुण्डागर्दी जस्ता अपाराधिक कार्यलाई बढवा दिएको छ । परिवार, समाज र राष्ट्रका सम्पूर्ण विकासको मार्गमा अवरोध पु¥याएको छ । देश र समाजलाई विनाश तर्पm डो¥याउने लागुपदार्थको दुव्र्यसनलाई नियन्त्रण गरी दुव्र्यसन मुक्त समाजको निर्माण गर्नु आजको आवश्यकता हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *