बागलुङ बजारमा डरलाग्दो दुर्घटना !

आदर्श अनलाइन,बागलुङ

बागलुङ बजारमा मंगलबार दिउँसो डरलाग्दो दुर्घटना भएको छ ।

कार र मोटर साइकल एक आपसमा ठोक्किएर भएको दुर्घटनामा भाग्यवस अप्रिय घटना भने भएन ।
बागलुङ नगरपालिका–२ उद्योग वाणिज्य संघ रोडमा बा १५ च ६२७६ को कार र ध १ प १९४५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक बानपा–३ का २९ बर्षिय उपेन्द्र किसान घाइते भएको ट्राफिक प्रहरी शिव पाठकले जानकारी दिनुभयो । पाठकका अनुसार घाइतेको धौलागिरी अस्पतालमा उपचार भइरहेको छ ।

कारसँगै चालक युधिष्ठिर भण्डारीलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *