वर्षेनी घट्दै एसईईका विद्यार्थी


आदर्श अनलाइन, बागलुङ

बागलुङमा माध्यामिक शिक्षा परिक्षा (एसईई) दिने विद्यार्थीको संख्या वर्षेनी घट्दै आएको पाइएको छ ।

बिहीबार देखि शुरु हुने एसईई परिक्षामा बागलुङबाट यस वर्ष ४ हजार ३९९ विद्यार्थी एसईई परिक्षामा सहभागी हुँदैछन् । गत वर्षको तुलनामा यस वर्ष एसईई दिने विद्यार्थीको संख्या ४३७ ले घटेको पाईएको छ ।

तीन वर्ष यताको तथ्याङ्कलाई हेर्ने हो भने विद्यार्थीको संख्या वर्षेनी घटेको पाइएको छ । शिक्षा विकास तथा समन्वय इकाई बागलुङका अनुसार २०७८ सालमा ४ हजार ८९३ जना एसईई परिक्षामा सहभागी भएका थिए ।

त्यस्तै २०७९ सालमा ४ हजार ८३६ विद्यार्थी सहभागी भएका थिए । वर्षेनी परिक्षार्थीको संख्या घट्दै गएको र आगमी वर्ष चार हजारबाट अझै ओरालो लाग्ने अवस्था देखिएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख युक्त प्रसाद शर्माले बताउनुभयो ।

उहाँले घट्दो जनसंख्या, वैदेशिक रोजगारी र पारिवारनै विदेश बस्ने चलनका कारण वर्षेनी विद्यार्थीको संख्या घट्दै गएको पाइएको बताउनुभयो ।

“विद्यार्थीको संख्या घट्दो पाएका छौं, आगमी वर्षको रजिष्ट्रशन फर्म हेर्दा अझै चार हजारबाट घटेर जाने देखिएको थियो” शर्माले भन्नुभयो “विद्यार्थी यस पटक दृष्टिबिहिन देखि बटुक विद्यार्थी सम्मले एसईई परिक्षा दिदै छन्, हामीले परिक्षालाई मर्यादित र अनुशासित बनाउदै आएका छौं ।”

बागलुङमा यस वर्ष एसईई परिक्षामा सहभागी हुने चार हजार ३९९ विद्यार्थी सहभागी हुँदैछन् भने जसमध्ये जसमध्ये ३ जना दृष्टिबिहिन, १० जना संस्कृति विद्यालयका बटुकहरु र २२९ प्राविधिक धार, ३४ खुल्ला तर्फका विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई बागलुङले जनाएको छ ।

चैत १५ गतेदेखि २७ गते सम्म सञ्चालन हुने परिक्षामा प्राविधिक र सामान्य धार तर्फका विद्यार्थीहरु सहभागी हुनेछन् ।

बागलुङ जिल्लाभर रहेका ११३ सामुदायिक विद्यालय र ३२ संस्थागत बिद्यालय र एक खुला बिद्यालय गरि जम्मा १४६ वटा बिद्यालयका चार हजार ३९९ बिद्यार्थी यसपटकको एसईई परिक्षामा सम्मिलित हुँदै गरेको जिल्ला शिक्षा समन्वय इकाई प्रमुख शर्माले जानकारी दिनुभयो ।

“दृष्टिबहिन विद्यार्थीका लागि अविभावक सहित आउने व्यवस्था मिलाएका छौं, संस्कृत विषयका लागि छुट्टै तयारी भइसकेको छ, प्राविधिक धारका सबै विद्यार्थीहरुको परिक्षा तमानखोला बाहेकको सबै स्थानीय तहमा गदैछौं” शिक्षा अधिकृत बिदुर आचार्यले भन्नुभयो “परिक्षालाई मर्यादित बनाउनका लागि सुरक्षाकर्मी र अनुगमन कर्ता खटाइएको छ, यस वर्ष ग्रेड बृद्धिका लागि १२५ जना विद्यार्थी तोकिएको केन्द्रमा परिक्षा दिने व्यवस्था मिलाइएको छ ।”

यसपटकको एसईई परिक्षा बागलुङ जिल्लामा ३१ वटा परिक्षा केन्द्र कायम गरिएको छ । परिक्षा सम्पन्न गर्न ३१ जना केन्द्राध्यक्ष ४८९ सहायक केन्द्राध्यक्ष, निरक्षक एक हजार ९२८, परिक्षा सहायक ५२३, कार्यालय सहायक ८६७ जना र ४६५ जना सुरक्षाकर्मी खटिने आचार्यले जानकारी दिनुभयो ।

यसपटकको परिक्षामा जनताधन माध्यामिक विद्यालय नारायणस्थानबाट ३ जना दृष्टिबिहिन बिद्यार्थी, मुक्तिनाथ वेद विद्याश्रमबाट ५ जना संस्कृत तर्फका बिद्यार्थी, संस्कृति माध्यामिक विद्यालय बेलवगर बाट संस्कृति धारका ५ जना बिद्यार्थी एसईई परीक्षामा सहभागी हुँदै छन् ।

परिक्षालाई मर्यादित बनाउनका लागि परीक्षाको निरीक्षण, अनुगमन, राष्ट्रिय परीक्षा बोर्ड कक्षा १०, प्रदेश परिक्षा समन्वय समितिका पदाधिकारी, जिल्ला समन्वय समितिका पदाधिकारी, शिक्षा विकास तथा समन्वय इकाई बागलुङ र स्थानीय तहका तोकिएका पदाधिकारी र कर्मचारी बाट हुने ब्यवस्था गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *