म्याग्दीमा झण्डै साढे अठ सयको नामावली मतदाता लिस्टबाट हटाइयो

आदर्श अनलाइन, म्याग्दी
म्याग्दीमा मतदाता नामावलीमा कायम रहेका झण्डै आठ सय पचास जनाको नाम लिस्टबाट हटाएको छ ।

जिल्ला निर्वाचन कार्यालय म्याग्दीले दिएको जानकारी अनुसार आठ सय ४१ जनाको नावाली लिस्टबाट हटाएको हो । आठ सय १९ जना मृत्यु भएका र २२ जना नाम दोहोरीएका गरी उक्त संख्यामा नाम हटाइएको जिल्ला निर्वाचन अधिकारी बिमलप्रसाद गौतमले जानकारी दिनुभयो ।

जिल्ला निर्वाचन अधिकारी गौतमका अनुसार अन्नपुर्ण गाउँपालिकाबाट १५५, धवलागिरी गाउँपालिकाबाट १३५, बेनी नगरपालिकाबाट १७७, मंगला गाउँपालिकाबाट १२६, मालिका गाउँपालिकाबाट १७८ र रघुगंगा गाउँपालिकाबाट ७० जना मृत्यु भै सकेका नागरिकहरुको नावाली मतदाताको लिष्टबाट हटाइएको हो ।

उपनिर्वाचन–२०८० को लागि अध्यावधिक गर्ने क्रममा उक्त संख्यामा नामावली हटाइएको हो । म्याग्दी जिल्लामा ४२ हजार ३१ पुरुष र ४४ हजार ४८ महिला तथा १ जना अन्य गरी कुल ८६ हजार ८० जना कायम रहेको छ । यही चैत २२ गते अन्तिम विवरण प्रकाशन हुँदा केही थप घट हुन सक्ने निर्वाचन अधिकृत गौतमले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *